मेरो दृष्टिकोणमा, “सम्पूर्ण ब्रह्माण्डको अस्तित्व र मानव जीवनसँग सम्बन्धित सत्य एवं ज्ञानलाई खोज्नु र बुझ्नु नै शिक्षा हो।” शिक्षाले मानिसलाई जीविकोपार्जनको माध्यम (Means of Livelihood) बाट जीवनको उद्देश्य (Purpose of Life) सँग जोडिदिन्छ।
शिक्षा एक गतिशील सामाजिक प्रक्रिया हो, किनकि यो जन्मदेखि मृत्युसम्म शिक्षाका विभिन्न स्वरूपहरू जस्तै औपचारिक, अनौपचारिक, अनियमित र आधुनिक समयमा थपिएको डिजिटल शिक्षाका माध्यमबाट पनि ग्रहण गरिन्छ। शिक्षा मानव पुँजीको निर्माण, मानव सभ्यताको आधारशिला र सामाजिक रूपान्तरणको मुख्य कडी पनि हो।
वैश्विक शैक्षिक इतिहासलाई नियालेर हेर्दा शिक्षाको स्वरूप, प्रक्रिया र यससँग सम्बन्धित अन्य क्षेत्रमा समयसापेक्ष परिवर्तन हुँदै आएको छ। प्रारम्भिक चरणमा शिक्षालाई केवल गुरु र शिष्यबीच ज्ञान हस्तान्तरणको माध्यम मात्र मानिन्थ्यो। यसबेला अवलोकन, अनुकरण, अनुभव र योग साधनाका आधारमा ज्ञान आर्जनमा जोड दिइन्थ्यो।
पूर्वीय दर्शन वा वैदिक कालमा गुरुकुल तथा बौद्ध विहार स्थापना गरी धर्म, दर्शन, गणित, नैतिक शिक्षा, सैन्य कला र आध्यात्मिक चिन्तनका माध्यमबाट ज्ञान प्रदान गरिन्थ्यो। यस समयमा तक्षशिला, नालन्दा, विक्रमशिला, वल्लभी जस्ता लगभग एक दर्जनजति विश्वविद्यालयहरू पनि स्थापना भएको इतिहास सर्वविदित छ।
यता चिनियाँ सभ्यतामा नैतिक र प्रशासनिक शिक्षाको जग बसाल्ने दर्शनको सुरुवात भएको थियो भने अर्कोतिर पश्चिमी सभ्यतामा दर्शन, वक्तृत्वकला र शारीरिक व्यायामका क्षेत्रमा अगाडि बढ्दै आधुनिक शिक्षाको आधारशिला पनि निर्माण भइरहेको थियो।
मध्यकालमा शिक्षा मुख्यतः धार्मिक संस्थाहरूको नियन्त्रणमा पुग्न गयो र पछि पुनर्जागरणको माध्यमबाट धर्मको परिधिलाई चिर्दै मानववादतर्फ मोडियो। साथै शिक्षा सामन्ती वर्गमा मात्र सीमित नभई सर्वसाधारणको पहुँचमा पु¥याउन वैश्विक स्तरमा विभिन्न आदर्श व्यक्तित्वहरूले क्रान्तिकारी भूमिका निर्वाह गरे।
१८औँ शताब्दीको औद्योगिक क्रान्तिले विश्वभर प्रजातान्त्रिक र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गर्दै सार्वजनिक विद्यालय प्रणाली (Public School System) सँगै आधुनिक शिक्षामा व्यावसायिक शिक्षाको रूपमा कारखाना मोडल (Factory Model– कक्षाकोठा, घन्टी, अंक प्रणाली, ओसारपसारको ढाँचा जस्ता पक्षहरू समेटिएको) को सुरुवात भयो। यसले पुँजीवादी समाज, समाजवादी समाज र मिश्रित समाजको जग बसाल्न महत्वपूर्ण भूमिका खेल्यो।
नब्बेको दशकमा मानवअधिकार र बालअधिकारका माध्यमबाट शिक्षामा विश्वव्यापी पहुँचका लागि ‘सबैका लागि शिक्षा’ को अवधारणालाई विकास गर्दै क्रमशः एक्काइसौँ शताब्दीमा समावेशीता, समानता, समता, सामाजिक न्यायका साथै अनिवार्य तथा निःशुल्क शिक्षासम्मका निरन्तर प्रयासहरू समय–समयमा गरिँदै आएका छन्।
वर्तमान विश्वव्यापीकरण, डिजिटल युग, शिक्षाको व्यापारीकरण तथा राज्यको बदलिँदो भूमिकाका कारण शिक्षा अब भौतिक चार पर्खालभित्र मात्र सीमित रहेन। आजको शिक्षा बहुआयामिक (Multi-dimensional), जटिल (Complex) र व्यापक (Worldwide) संरचनामा ढलिसकेको छ।
यूनेस्को (UNESCO) को ‘Learning: The Treasure Within’ (१९९६) मा ज्याक डेलोर (Jacques Delors) को प्रतिवेदनले संज्ञानात्मक (Cognitive), सामाजिक–संवेगात्मक (Social Emotional) र व्यवहारात्मक (Behavioral) पक्षका आधारमा शिक्षाका चार स्तम्भहरू प्रस्तुत गरेको छ।
जान्नका लागि सिकाइ (Learning to Know)– यसले विद्यार्थीहरूमा कौतूहलता, आलोचनात्मक सोच (Critical Thinking) र एकाग्रताको विकास गराउँछ।
गर्नका लागि सिकाइ (Learning to Do)– यसमा व्यावसायिक सीप (Professional Skills), समस्या समाधान गर्ने क्षमता (Problem Solving), सञ्चार सीप (Communication) र सामूहिक कार्य (Teamwork) पर्दछन्।
हुनका लागि सिकाइ (Learning to Be)– यसले मानव अधिकारको सम्मान, सांस्कृतिक विविधताको कदर, समानुभूति (Empathy) र द्वन्द्व व्यवस्थापन (Conflict Management) लाई समेट्छ।
सँगै बाँच्नका लागि सिकाइ (Learning to Live Together)– यसले व्यक्तिका शारीरिक, मानसिक, संवेगात्मक (Emotional) र आध्यात्मिक (Spiritual) क्षमताहरूको विकास गराउँछ।
यूनेस्को (UNESCO) शिक्षा, विज्ञान तथा सम्पदा संरक्षण क्षेत्रमा योगदान पु¥याउने विश्वको एक प्रतिष्ठित र संयुक्त राष्ट्रसङ्घको विशिष्ट संस्था हो। यसले शिक्षा क्षेत्रका स्तम्भहरूलाई वर्तमान समयको माग र भविष्यका आवश्यकतासमेत परिपूर्ति गर्ने गरी दीर्घकालीन आवश्यकताहरूलाई समेट्दै आएको छ।
यूनेस्कोले शिक्षाका चार स्तम्भहरूमध्ये ‘Learning to Be’ र ‘Learning to Live Together’ भित्र मानव जीवनसँग सम्बन्धित तथा वर्तमान आवश्यकताका केही पक्षहरूलाई समेटे तापनि तिनको व्यापक चर्चा हुन नसकेको वा एउटै स्तम्भभित्र धेरै पक्षहरू समेटिएका कारण सबै पक्षलाई मूर्त रूप दिन कठिन हुने भएकाले ती पक्षहरू सुप्त अवस्थामा रहेको महसुस गर्न सकिन्छ।
तसर्थ वर्तमान र भविष्यका आवश्यकतालाई ध्यानमा राख्दै यी पक्षहरूलाई छुट्टै स्तम्भका रूपमा समेट्न सके विश्वव्यापी स्तरमा शिक्षाप्रतिको अवधारणा, क्षेत्र, उद्देश्य र दायरालाई अझ फराकिलो बनाउन सकिन्छ। जस्तैः अबको अझै बीस–पच्चीस वर्षमा प्रविधि र कृत्रिम बुद्धिमत्ताको चरम विकाससँगै मानव र मेसिनबीचको भिन्नता छुट्याउन गाह्रो हुन सक्छ। यस्तो अवस्थामा शिक्षाको सबैभन्दा ठूलो चुनौती मानिसलाई मेसिनबाट अलग राख्नु र मानव विशिष्टतालाई जोगाउनु हुनेछ।
विद्यार्थीहरूलाई प्रविधिको लत (Digital Addiction) बाट जोगाउन, भावनात्मक सन्तुलन कायम राख्न (Emotional Regulation), असफलतालाई सहज रूपमा स्वीकार गर्न, प्रभावकारी सञ्चार गर्न, अन्तरव्यक्तिक सम्बन्ध कायम राख्न र तनाव व्यवस्थापन गर्न मानवता जोगाउन सिक्नु अर्थात् ‘Learning to Remain Human’ भन्ने स्तम्भलाई जोड्नु आवश्यक देखिन्छ।
अहिले हामी धेरै हदसम्म कुनै देश वा निश्चित भूगोलको सीमामा बाँधिएका छौँ। तर प्रविधिको विश्वव्यापी नियमन र सम्भावित अन्तरिक्ष अनुसन्धानका कारण मानिसले कुनै एउटा मात्र देशको नागरिक भएर सोच्ने सीमा भविष्यमा सीमित नरहने कुराको आभास अहिले नै हामी सबैलाई भइसकेको छ।
विश्वमा केही यस्ता आदर्श व्यक्तिहरू पनि थिए र अहिले पनि छन्, जसले यो सीमालाई पार गर्दै मानवता र विश्वबन्धुत्वको भावना जोगाउन विश्वस्तरमा आफ्ना अतुलनीय योगदान दिँदै आइरहेका छन्। त्यतिबेलासम्म हाम्रो पहिचान र समस्याहरू वैश्विक (Global) रूपमा मात्र नभई ब्रह्माण्डीय (Cosmic) तहसम्म पुग्नेछन्।
हजारौँ वर्षअघि रचिएका ऋग्वेद र अथर्ववेदका विभिन्न सूक्तहरूलाई मानव जीवनको मार्गदर्शनका रूपमा आत्मचिन्तन गर्दै ‘वसुधैव कुटुम्बकम्’, ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग्भवेत्’ तथा ‘सङ्गच्छध्वं संवदध्वं संवो मनांसि जानताम्’ अर्थात् हामी सँगसँगै हातेमालो गर्दै हिँडौँ, सँगै स्वर मिलाएर बोलौँ, किनकि हामी र हाम्रा मनहरू एक हुन् भन्ने भावनाबाट प्रभावित हुँदै ब्रह्माण्डीय नागरिक बन्नका लागि सिकाइ (Learning to Be a Cosmic Citizen) भन्ने स्तम्भलाई पनि जोड्नुपर्ने देखिन्छ।
नब्बेको दशकमा मानवअधिकार र बालअधिकारका माध्यमबाट शिक्षामा विश्वव्यापी पहुँचका लागि ‘सबैका लागि शिक्षा’ को अवधारणाको विकास गर्दै क्रमशः एक्काइसौँ शताब्दीमा समावेशीता, समानता, समता, सामाजिक न्यायका साथै अनिवार्य तथा निःशुल्क शिक्षासम्मका निरन्तर प्रयासहरू समय–समयमा गरिँदै आएका छन्।
वर्तमान विश्वव्यापीकरण, डिजिटल युग, शिक्षाको व्यापारीकरण तथा राज्यको बदलिँदो भूमिकाका कारण शिक्षा अब भौतिक चार पर्खालभित्र मात्र सीमित रहेन। आजको शिक्षा बहुआयामिक (Multidimensional), जटिल (Complex) र व्यापक (Comprehensive) संरचनामा ढलिसकेको छ।
युनेस्को (UNESCO) को ‘Learning: The Treasure Within’ (१९९६) ज्याक डेलोर (Jacques Delors) को प्रतिवेदनले संज्ञानात्मक (Cognitive), सामाजिक–संवेगात्मक (Social Emotional) र व्यवहारात्मक (Behavioural) पक्षका आधारमा शिक्षाका चार स्तम्भहरू प्रस्तुत गरेको छ।
जान्नका लागि सिकाइ (Learning to Know)– यसले विद्यार्थीहरूमा कौतूहलता, आलोचनात्मक सोच (Critical Thinking) र एकाग्रताको विकास गराउँछ।
गर्नका लागि सिकाइ (Learning to Do)– यसमा व्यावसायिक सीप (Professional Skills), समस्या समाधान गर्ने क्षमता (Problem Solving), सञ्चार सीप (Communication) र सामूहिक कार्य (Teamwork) पर्दछन्।
हुनका लागि सिकाइ (Learning to Be)– यसले मानव अधिकारको सम्मान, सांस्कृतिक विविधताको कदर, समानुभूति (Empathy) र द्वन्द्व व्यवस्थापन (Conflict Management) लाई समेट्छ।
सँगै बाँच्नका लागि सिकाइ (Learning to Live Together)– यसले व्यक्तिका शारीरिक, मानसिक, संवेगात्मक (Emotional) र आध्यात्मिक (Spiritual) क्षमताहरूको विकास गराउँछ।
युनेस्को (UNESCO) शिक्षा, विज्ञान तथा सम्पदा संरक्षण क्षेत्रमा योगदान पु¥याउने विश्वको एक प्रतिष्ठित र संयुक्त राष्ट्रसङ्घको विशिष्ट संस्था हो। यसले शिक्षा क्षेत्रका स्तम्भहरूलाई वर्तमान समयको माग र भविष्यका आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी दीर्घकालीन दृष्टिकोणसहित अघि बढाउँदै आएको छ।
युनेस्कोले शिक्षाका चार स्तम्भहरूमध्ये ‘Learning to Be’ र ‘Learning to Live Together’ भित्र मानव जीवनसँग सम्बन्धित र वर्तमान आवश्यकताका केही पक्षहरूलाई समेटे तापनि तिनको व्यापक चर्चा हुन नसकेको वा एउटै स्तम्भभित्र धेरै पक्षहरू समेटिएका कारण सबै पक्षलाई मूर्त रूप दिन कठिन भएको महसुस गर्न सकिन्छ। तसर्थ वर्तमान र भविष्यका आवश्यकतालाई ध्यानमा राख्दै यी पक्षहरूलाई छुट्टै स्तम्भका रूपमा समेट्न सके विश्वव्यापी स्तरमा शिक्षाप्रतिको अवधारणा, क्षेत्र, उद्देश्य र दायरालाई अझ फराकिलो बनाउन सकिन्छ।
जस्तैः अबको २०–२५ वर्षमा प्रविधि र कृत्रिम बुद्धिमत्ताको चरम विकाससँगै मानव र मेसिनबीचको भिन्नता छुट्याउन गाह्रो हुने अवस्था आउन सक्छ। यस्तो अवस्थामा शिक्षाको सबैभन्दा ठूलो चुनौती मानिसलाई मेसिनबाट अलग राख्दै मानव विशिष्टतालाई जोगाउनु हुनेछ।
विद्यार्थीहरूलाई प्रविधिको लत (Digital Addiction) बाट जोगाउन, भावनात्मक सन्तुलन कायम राख्न (Emotional Regulation), असफलतालाई सहज रूपमा स्वीकार गर्न, प्रभावकारी सञ्चार गर्न, अन्तरव्यक्तिक सम्बन्ध कायम गर्न र तनाव व्यवस्थापन गर्नका लागि मानवता जोगाउन सिक्नु (Learning to Remain Human) भन्ने स्तम्भलाई जोड्नु आवश्यक देखिन्छ।
अहिले हामी धेरै हदसम्म कुनै देश वा निश्चित भूगोलको सीमाभित्र बाँधिएका छौँ। तर प्रविधिको विश्वव्यापी नियमन र सम्भावित अन्तरिक्ष अनुसन्धानका कारण मानिसले केवल एउटा देशको नागरिक भएर सोच्ने सीमा भविष्यमा सीमित नरहने कुराको आभास अहिले नै हामी सबैलाई भइसकेको छ।
विश्वमा केही यस्ता आदर्श व्यक्तिहरू थिए र अहिले पनि छन्, जसले यो सीमालाई पार गर्दै मानवता र विश्वबन्धुत्वको भावना जोगाउन विश्वस्तरमा आफ्ना अतुलनीय योगदान दिइरहेका छन्। त्यतिबेलासम्म हाम्रो पहिचान र समस्याहरू वैश्विक (Global) रूपमा मात्र नभई ब्रह्माण्डीय (Cosmic) तहसम्म पुग्नेछन्।
हजारौँ वर्षअघि रचिएका ऋग्वेद र अथर्ववेदका विभिन्न सूक्तहरूलाई मानव जीवनको मार्गदर्शनका रूपमा आत्मचिन्तन गर्दै ‘वसुधैव कुटुम्बकम्’, ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग्भवेत्’ तथा ‘सङ्गच्छध्वं संवदध्वं संवो मनांसि जानताम्’ अर्थात् हामी सँगसँगै हातेमालो गर्दै अघि बढौँ, सँगै स्वर मिलाएर बोलौँ, किनकि हामी र हाम्रा मनहरू एक हुन् भन्ने भावनाबाट प्रभावित हुँदै ब्रह्माण्डीय नागरिक बन्नका लागि सिक्नु (Learning to Be a Cosmic Citizen) भन्ने स्तम्भलाई पनि जोड्नुपर्ने देखिन्छ।
प्रकाशित: ८ श्रावण २०८३ १३:४९ शुक्रबार





