१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

झट्का १७ किलोमिटरको

शनिबार राती १०:१३ पराकम्पनको नियमितता थियो। ४.५ रेक्टरको भुकम्प गयो। मापन अनुसार यो सानो थियो। यो विगतका पराकम्पनको तुलनामामा त्यसैपनि सामान्य नै हो।

यति हुँदा हुँदै पनि सर्वसाधारणले यसको ठूलै झट्का महशुस गरे। कति रेक्टर र कुन ठाँउ कौतुहलता हुनु स्वभाविक थियो। सबैतिर बुझ्ने प्रयास सबैले गरे। यत्तिकैमा ट्विटरमा फ्याट्ट आयो, ४.३ पर्साको थोरी केन्द्रविन्दू। केही समय यो गलत सूचनाले ठाँउ लियो।

वीरगंजका सर्वसाधारणले लैनचौरस्थित राष्ट्रिय भुकम्पमापन केन्द्रमा फोन पनि गरे। सोधे, 'हाम्रो सहर वरीपरी भुकम्प गयो रे नि हो?', केन्द्रका प्राविधिको जवाफ थियो, 'तपाईहरुले थाहा पाउनु भो, जवाफ आयो, अहँ पाइएन। अनि के को वीरगंजमा भूकम्प! होइन भन्दै फोन राखे।

USGS

यूएसजिएसको गलत सूचना जसले धेरैलाई आतंकित पार्‍यो। यो अहिले पनि सच्याइएको छैन।

चितवनबाट त्यस्तै। चितवनले महसुसनै नगरेको भुकम्प चितवन केन्द्रविन्दु? फेरि सर्वसाधारण मन डुलाउन थाले। होइन होला, यो त होइन होला। सबैको जिज्ञासा थियो। चितवनमा नहल्लाउने, काठमाडौं यति बेसमरी हल्लाउने ? यो चितवन होइन। पर्सा पनि होइन।

अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस)को हवाला दिँदै चितवन र विरगंजको आसपास भूकम्प गयो। र, यो पराकम्पन होइन, नयाँ भूकम्प हो भन्ने हल्ला निकै फैलियो। सर्वसाधारण शनिबार राती वास्तविक सूचनाका लागि निकै तड्पिए। कतिपय चितवनै हो भनेर सुते पनि।

तर राष्ट्रिय भुकम्प मापन केन्द्रको वेभसाइटको अपडेट हेरेनन्। केन्द्रमा पनि शनिबार राति एकाएक इन्टरनेटले काम गर्न छाड्यो। र, ढिलोगरी मात्र त्यो भूकम्पको विवरण राखियो। केन्द्रले ठोकुवा गर्योा, ४.५ नुवाकोट। यो धेरै पछि मात्र सही साबित भयो।

राख्नुपर्नेथियो, वेभसाइटको माथिल्लो टेबलमा। तर राखियो तल्लो टेबलमा जुन टेबल नयाँ भुकम्पका लागि थियो। सर्वसाधारणले टेबल त हेरे। तर पनि यो नयाँ भुकम्प रहेछ, त्यसैले धेरै हल्लायो भन्ने बुझे। सुते।

वास्तवमा केन्द्रका प्राविधिकहरुले कमजोर इन्टरनेटका बावजुद हतारहतारमा तल्लो टेबलमा तथ्याङ्क र विवरण अपलोड गरेका रहेछन्। नयाँ विवरण अपलोड गरिने टेबलमा गएर यसको विवरण बसेछ।

काठमाडौंका सर्वसाधारणले त्यो भूकम्पको मान र जिल्ला त हेरे र ठाँउ हेरेनन्। फेरि पनि भने, 'यो नयाँ भुकम्प रहेछ। त्यसैले बढी हल्लायो।' यो बुझाई नितान्त गलत थियो। किन कि यो बैशाख १२ को भुकम्पबाट सिर्जित पराकम्पन नै थियो। यो महाभुकम्पले पारेको धाँजाबाट निस्किएको थियो। यसको पनि केन्द्र अघिल्ला ठूला महाभूकम्पको प्रभावित क्षेत्रमा नै थियो।

उपत्यकालाई धेरै हल्लाउनुको एउटै कारण थियो, यो काठमाडौ रत्नपार्कबाट १७ किलोमिटर 'एरियल' दुरीमा थियो। काठमाडौ उत्तर-पश्चिम नुवाकोटस्थित कुमारी र चतुराली भन्ने गाउँको बीचलाई केन्द्र बनाएर भूकम्प गएको थियो। त्यसैले उपत्यकाबासी धेरै हल्लिएका थिए। यो न नयाँ भूकम्प थियो, न चितवन र विरगंज केन्द्र भएर नै गएको थियो। यो त केवल महाभूकम्पपछि आएका २९३ पराकम्पनमध्येकै एउटा पराकम्पन थियो।

पछिल्लो समय युएसजिएसको अनुमानबाट थर्कमान सर्वसाधारण, त्यसले आफ्नो वेभसाइटमा राखेको गलत विवरण र तथ्याङको पछि लाग्दा बढी आतंकित भए। यसले वीरगंज र चितवनका सर्वसाधारणलाई समेत चिन्तित बनायो। युएसजिएसले अहिलेसम्म आफ्नो विवरण सच्चाएको छैन। त्यसले आइतबार साँझ सवा सात बजेसम्म पनि शनिबार रातीको भुकम्पको लोकेशन पर्साकै थोरी भनेर राखेको छ ।

'हामीले गल्ति गरेको भए अहिलेसम्म कति गाली खाइसक्नु पर्थ्यो, विदेशीले गल्ति सच्चाउनु पर्दैन?', राष्ट्रिय भुकम्प मापन केन्द्रका एक प्राविधिकले आइतबार साँझ नागरिकन्युजसँग भने, 'विदेशीको हैन आफ्नो देशको भरपर्नुपर्छ।' उनको अनुभवमा युएसजिएस यस्ता संवेदनशील बिषय र तथ्याङहरुमा पनि खेलवाड गरिरहेको हुन्छ। ब्रेकिङ न्यूज एजेन्सीका रुपमा काम गरिरहेको हुन्छ । पहिले धेरै म्याग्निच्यूड देखाउने र पछि सच्चाएर घटाउदै लैजाने यसको विशेषता नै हो। ठाउँहरु पनि त्यस्तै हो, कहिले यता, र कहिले उता। उनी भन्छन, 'हाम्रो ठम्याइ सधैँ एउटै हुन्छ। हामीसँग पर्याप्त स्टेशनहरु छन्। तीनका सूचना भरपर्दा हुन्छन।'

प्रकाशित: १७ जेष्ठ २०७२ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App