१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

खेलमा देखाउनु पर्छ

यस पटक ढाकामा ५ दिनको बसाईपछि उत्तरतर्फ लागियो, विश्व ट्वान्टी–२० मा नेपालले खेल्ने समूह चरणका खेल आयोजना स्थल चित्तागोङ शहर। पछिल्लो पटक बंगलादेश आउँदा सिधैं पश्चिम–दक्षिणी शहर सिलेट गएको थिएँ, जहाँ नेपाली क्रिकेटले धेरै सिकेको थियो। सम्भवत यही सिकाई नेपाललाई अहिले फेरी बंगलादेशमा सवैभन्दा ठुलो मेलामा ल्याउन ठुलो भुमिका खेलेको छ।


खेल सुरु हुनु अगाडी स्ट्रेचिङका क्रममा बंगलादेशका खेलाडीले जोडले तालि बजाएका थिए। स्टेचिड सुरु गर्नै लागेका नेपाली खेलाडीहरु झस्किन पुगे। प्रशिक्षक जगत टमाटाले तुरुन्तै भनिहाले, 'केटा हो डराउने होइन। हामीले खेलमा देखाउन पर्छ।'

नेपाली यू–१९ टोली बंगलादेशको यू–१९ टोलीसँग तीन अभ्यास खेल खेल्न सिलेट पुगेको थियो। एक हप्ताको सिलेट बसाईपछि नेपाल सिधै थाइल्यान्ड जाँदै थियो। थाइल्यान्डमा हुने एसिसी यू–१९ इलिट कपको फाइनलमा पुगेमा नेपालले आइसिसी यू–१९ विश्वकप छनोटसँगैं एसिसी यू–१९ विश्वकपको ढोका खोल्ने थियो।

प्रशिक्षक टमाटाले खेलाडीलाई हौस्याउन खेलमा देखाइदिने बताएका थिए। ब्यहवारमा त्यस्तो थिएन्। बंगलादेशको स्त्तर उनीहरुले स्ट्रेचिडमा ठुलो आवाजमा पडकाएको तालि जस्तै थियो। अवको नेपालको लक्ष्य बंगलादेश हुनुपर्छ भन्ने भनाईहरु यथार्थभन्दा धेरै टाढा रहेको कम्तिमा सिलेटमा खेलेका नेपाली यू–१९ का खेलाडी र अफिसियलहरुले बुझेका थिए। सन् २००२ को आइसिसी यू–१९ विश्वकपको प्लेट सेमिफाइनलमा बंगलादेशविरुद्ध पाएको विजय नेपाललाई इतिहाँस बनिसकेको थियो। अर्को इतिहास बनाउन अझै धेरै समय कुर्नु पर्ने सिलेट भ्रमणले देखाएको थियो।

सवै तीन खेलमा नेपालको प्रदर्शनमा खासै फरक थिएन्। पहिलो खेलमा हार्दा प्रशिक्षक टमाटासँग त्यसको खास कारण थियो। ढाकाबाट झन्डै ८ घन्टा बस चढी भोली बिहान सिलेट पुगेको अर्को दिननै नेपालले बंगलादेशको यू १९ टोलीसँग खेलेको थियो। पहिला ब्याटिङ गरेको नेपाल ३३.२ ओभरमा ७० रनमा सीमित भयो। बंगलादेशले ११ ओभरमै ७४ रन बनाएर खेल जित्यो। खेलाडीहरुले थकाइका कारण खेल्न नसकेको प्रतिक्रिया टमाटाको थियो।

पुरा खेल ५० ओभर पनि चलेन। नेपाली टोली सिलेट तयारीसँग सिक्न आएको थियो। नेपाली टोली आधा दिनको खेल खेर फाल्न चाहान्दैन्थ्यो। नेपाली टोलीका व्यवस्थापक वसन्त राज सत्यालले बाँकी समयमा दुई टोली बीच अनौपचारिक ट्वान्टी २० खेल खेल्न अनुरोध गरे। आयोजकले त्यसमा मन्जुरी जनाउदै नेपालको तयारीलाई सघाउ पुर्याायो। बंगलादेशी टोलीका व्यवस्थापक फाहिन थिए। उनी सन् १९८४ मा पत्रकारको रुपमा नेपालमा दक्षिण एसियाली खेलकुदको समाचार संकलन गर्न आएका थिए। त्यसैमा उनले अनौपचारिक ट्वान्टी २० खेल्न दिएर भावनात्मक सम्बन्ध जोडि हाले।

सिलेट डिभिजनल स्टेडियममा पछिका दुई खेल पनि नेपालको प्रर्दर्शन निकै कमजोर रहयो। अविनाश कर्णले ४ विकेट लिएपछि नेपालले दोस्रो खेलमा बंगलादेशलाई निर्धारित ५० ओभरमा २२१.९ को स्कोरमा रोक्यो। सिलेट यात्रामा नेपाली खेलाडीको केही बखान गर्नु पर्ने प्रदर्शनमा अविनाशको यही बलिड स्पेलमात्र थियो। तर ब्याटिडमा नेपाल फेरी शिकारु टोली बन्यो। २९ ओभर नखेल्दै नेपाली इनिडस ६६ रनमा रोकिसकेको थियो।

ढाका एयरपोर्टबाट भोली पल्ट बिहानै बैंकक यात्राको फ्लाइट समाउनु पर्ने हुनाले तेस्रो खेल २ टोलीको सहमतिमा ट्वान्टी २० खेलिएको थियो। ६८ रनको पराजय स्विकार्नु बाहेक नेपालसँग अर्को विकल्प थिएन्। बंगलादेशका प्रशिक्षक मोहम्मद जाफरुल इसलामले नेपाली टोली स्पिनरका अगाडी कमजोर देखिएको बताएका थिए। यसले नेपाली टोलीमा अर्को समस्या देखाई दियो। यसअघिका प्रतियोगिताहरुमा तीब्र बलिडका अगाडी नेपाली ब्याट्सम्यानले खेल्नै नसकेको अवस्थामा स्पिनरले पनि नेपाललाई धरासायी बनाएको थियो।

बंगलादेशका टोलीका पदाधिकारीहरुलाई नेपाली टोली एसिसी यू–१९ इलिट कपको तयारीका लागि आएको बारे बाहेक खासै थाहा थिएन्। दुवै टोली एकै होटलमा बसेका थिए। बंगलादेशी टोलीका कम्प्युटर एनालिस्टले मसँग नेपालको फोटोहरु माग्दै नेपाली टोलीको बारेमा जानकारी मागेका थिए। एसिसी यू–१९ मा राम्रो गरे यू–१९ एसिया कप र यू–१९ विश्वकप छनोट हुँदै यू–१९ विश्वकपमा पुग्ने लक्ष्य खेलाडीहरुले बनाउनु पर्ने प्रशिक्षक टमाटाले खेलाडीहरुलाई ब्रिफिडमा भनेको कुरा मैले उनलाई सुनाई दिए।

प्रशिक्षक टमाटाकै भाषा शैलीमा मैले उनलाई यू–१९ एसिया कप नभए यू–१९ विश्वकपमा भेटौंला भनिदिए। त्यसपछि उनी प्रभावित भए र भने, ' मलाई नेपाली टोलीको यो शैली मन परयो, किन भने नेपाल लक्ष्य बोकेर हिडेको छ।' थाइल्यान्डमा एसिसी यू–१९ इलिट कपको फाइनलमा पुग्दै एसिसी यू–१९ एसिया कप, यू–१९ विश्वकप छनोट, आइसिसी यू १९ विश्वकपमा पुग्यो। बंगलादेशसँग कहिल्यै खेल्नु परेन्। ती टेक्निकल एनालिस्टलाई फेरी भेटौंला भनेर गरेको बाचा विश्व ट्वान्टी २० मा पुरा हुंदैछ।

मैले उनको अगाडी नइम इस्लामको निकै तारिफ गरेको थिए। इस्लामले पहिलो खेलमा ३ र दोस्रोमा ५ विकेट लिएका थिए। उनले बंगलादेशको राष्टिय टोलीमै पुग्न अझै धेरै मेहनत गर्नु पर्ने बताउदैं धेरै नफुर्किन चेतावनी दिए। सिलेटमा खेलेका सुवास खकुरेल, सागर पुन, राहुल विक, नरेश बुढाएर र प्रदीप ऐरी अहिले नेपालबाट ट्वान्टी २० विश्वकपमा खेल्दै छन्। त्यस टोलीका कप्तान पृथु बाँस्कोटा भने चोटका कारण यो एतिहासिक क्षणबाट बाहिरिएका छन्। चोटका कारण बाहिरनेमा ३ वर्षअघिको यू १९ टोलीका खेलाडीमा अविनाश पनि परेका छन्।

२०११ को एकदिवसीय विश्वकप सुरु हुनु ३ हप्ता अगाडी नेपाल सिलेट पुगेको थियो। विश्वकपको रिहर्शल मान्दै नेपाली टोलीलाई बंगलादेश क्रिकेट बोर्डले त्यही अनुसार सत्कार गरेको थियो। नेपाली टोलीलाई सवैखाले गरी दिनमा ६ पटकको जस्तो खानाको व्यवस्था गरेको थियो। होटलमै सुरक्षार्थ प्रहरी खटाएको थियो। नेपाली टोलीको बस निस्किएपछि अगाडी पछाडी सुरक्षाकर्मीको स्कर्टिडको गाडीले भरिएको हुन्थ्यो। खेलाडी कपाल काटन गए पनि उनीहरुसँगै कम्तिमा २ सुरक्षाकर्मी पछि लागेका हुन्थे।

म पनि नेपाली टोलीको सदस्य (मिडिया प्रतिनिधि) थिए। सिलेटको रंगशालाका तीन कुना चिया बगानले घेरिएको थियो। यसले मलाई लोभ्याएको थियो। एउटा छेउमा डाडा थियो। त्यहाँ माथीबाट खेलका क्रममा फोटो खिच्दा फोटो राम्रो हुन्छ भन्ने विश्वास मेरो थियो। मैले त्यहाँ गएर फोटो खिच्नका लागि अनुमति माग्दा उनीहरुले दुई सुरक्षाकर्मी सँगै पठाइ दिएका थिए।

सिलेटबाट ढाका फर्किदा नेपाली टोली बस अगाडी र पछाडी बिहेको जन्ती जस्तै सुरक्षाकर्मीको गाडीको लर्को हुन्थ्यो। त्यो विश्वकपको रिहर्शल थियो। ट्वान्टी २० विश्वकप खेल्न आएको नेपाली टोलीका अगाडी पछाडी अहिले पनि स्कर्टिडका गाडी छन्। राष्ट्रपतिसरह सुरक्षा र अघिपछि प्रहरी, सेना र अन्य फोर्सका गाडिको साइरनका आवाजका बीच नेपाली टोली शुक्रबार फतुल्लाह मैदानमा बाट होटल फर्किएको थियो। यो ३ वर्ष अगाडीको जस्तो रिहर्शल होइन, वास्तविकता हो।

प्रकाशित: १ चैत्र २०७० ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App