१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

जन्तीको ज्यादती

विहेको लगन भएको दिन हिजो शुक्रबार (मंसिर १४, २०७०) दिनको ११ बजे। हुमानथान देखि थापागाउँ पुग्ने रोड। ब्यान्ड बाजासहित रंगिन पहिरनमा जन्तीहरु नाच्दै थापागाउ तिर नाच्दै पाइला सारिरहेका थिए।

तर तिनीहरुलाई 'बाल' छैन, बाटोको। गुडिरहेका दर्जनौ सवारीको। सरकारले छ महिनाघि चौडा बनाएर केही खुकुलो पारिदिएको यो सडकमा अन्दोलनकारी कै भेषमा हिडेका जन्तीको ज्यादतीले कैयौ सवारी हैरान थिए। कामको लागि हिड्ने चिन्तित देखिन्थे।
दुइ लेनको सडकमा एक लेन पूरै कब्जा गरेर कतिपय बाजाको धुनमा मस्त नाँच्दै थिए। कतिपयलाई सडकमै तानीतानी नचाउँदै थिए।

म एक कामको लागि विद्युत विकास विभाग पुगेको थिएँ। त्यहाँका कतिपय कर्मचारी पनि पाँच तला मुनि सडकमा  त्यही रमिता हेर्दै थिए।
यो कुनै एउटा भद्धा विकृती मात्र थिएन। कतिपय काममा हिडेका पैदलयात्री, कार्यलयका कर्मचारी, सवारीका यात्रु लगायत सबैलाई अवरोध शैलीमा हिडेका देखिन्थे।
सरकारले बाटो चौडा बनाउने तर सडक जाम हुँदा  सवारीको चाप बढ्ने समयमा कसैलाई मतलब थिएन। म विभागबाट ओर्लेर मीनभवन जान नेपाल यातायत हेर्न थाले। तर देखिएन। प्राय हिड्नै रुचाउँने मलाइ बाहना पनि मिलिहाल्यो ।
विस्तारै हिँड्न थाले। विभागबाट हिँड्दा विहेका जन्ती थाापागउँ नजिकैको उकालो पुगेका थिए। उकालोमा पुगेर सवारीको लाइन हेरेँ। सवारी लाइन हनुमाथान पुलभन्दा परसम्म थियो।
कतिपय मानिसहरु घरका छतबाट बाटोमा नियालिरहेका थिए। सवारी भित्रका कतिपय यात्रु हाते घढी नियाल्दै गरेका देखिन्थे। तर कसैले ट्राफिकलाई खोज्ने काम गरेन। सवारीहरुले प्रेसर हर्न बजाउँदा ती जन्ती डान्समै मस्त थिए।
बाटो विस्तारमा आफ्नो १ इन्च पर्खाल जोगाउँन चाकडी गर्न हिड्ने घरधनीहरुको आँखा तानिरहेको थियो यो दृश्यले। मलाई दिक्क लाग्यो। मैले चाँडै नै त्यो लाइनलाई उछिने। सायद थापागाउँमा बाक्लै रहेका पार्टी प्यालेसमध्ये कुनै एकमा त्यो जन्ती पस्यो पनि होला। मैले हेक्का राखिन।
सरकारले करिब दुइ वर्ष अगाडि उपत्यकाका साँघुरा सडकलई फाकिलो पारेर जाम हटाउने प्रयास थालेको थियो। केही महिना अघिसम्म राजनितिक दलले हैरान बनउँदै आएकोमा अब जन्तीको ज्यादती?
काठमाडौं उपत्यकमा दैनिक ५० औं विहेले सवारीलाई अवरोध गरिरहेको ट्राफिक प्रहरी बताउँछन्। उनीहरु पनि अचम्मित छन्, न कानुनले जन्ती रोक्न दिन्छ, न आफुहरु नै केही बोल्न सक्छन्।
'महङ्गो गाडीमा, नयाँ नयाँ पहिरनमा हिड्नुहुन्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी केशव अधिकारी भन्छन्, 'तर बुद्धि शून्य छ। सवारीमा हिड्नेको काम रोकिन्छ। तर जन्तीहरुलाई मतलब छैन।'
सरकारले कानुनी रुपमा यस्तो अधिकार प्रदान नगरेकाले भlड नियन्त्रण गाह्रो भएको उनको अनुभव छ। 'हामीले कहिलेकाँही सानो लाइन बनाएर हिड्दिनुस भन्छौं तर उल्टै फुर्ती लगाउँनुहुन्छ,' उनी भन्छन्, 'लगनको बेला ५० वटा भन्दा बढी विवाह हुन्छन् काठमाडौंमा, तर सबै ठाउँमा प्रहरी खटाउँन पनि सकिदैन। त्यसैले आफैँले बुझेर व्यवस्थित भइदिए सजिलो हुने थियो।'
कहिलेकाँही जन्तीको जामका गुनासाहरु पनि आउँने गरेको उनी स्वीकार्छन्। तर जन्तीलाई कुनै निश्चित समय दिएर भन्दा पनि उनीहरु आफै सडकमा अनुशाशित रुपले हिड्दिने भए समस्या समाधान हुने उनको तर्क छ। यसलाई बहसको माध्यमबाट ऐन जारी गरेर रेगुलेट गर्न पाए राम्रो हुने उनी बताउँछन्।
मंसिरको महिना छ। अझै कैयौं लगन बाँकी नै छन्। हजारौंको सम्बन्ध गासिदै छ। सम्बन्ध सुखमय होस भन्दै दुलाहादुलहीले मित्रहरुका शुभकामना थापिरहदा हजारौको गाली नपरोस्।

प्रकाशित: १५ मंसिर २०७० ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App