३ जेष्ठ २०७८ सोमबार
ब्लग

कोरोना संक्रमणकाे दोस्रो लहरः दिल्लीबाट काठमाडाैंले के सिक्ने ?

भारतमा भएको कोरोना भाइरसको विकराल स्थितिबाट नेपालले धेरै पाठ सिक्नुपर्छ। जनसंख्याको प्रतिशतको आधारमा हेर्दा भारतमा भन्दा नेपालमा संक्रमण बढ़ी भएको देखिन्छ। यो बिरामीको ठूलो लक्षण भनेको मानिसको शरीरमा अक्सिजनको  मात्रा कम हुनु हो। यो संक्रमण बढेमा अक्सिजनको माग नेपालमा पनि तीव्र हुन सक्छ । त्यहीअनुरूप सरकारले अक्सिजनको व्यवस्थाका लागि अहिल्यै नै पहल गर्नुपर्छ।

भारत विश्वको छैटौं ठूलो अर्थतन्त्र भएको देश हो। देशको राजधानी दिल्लीमा यतिबेला  कोरोनाको भयावह  स्थिति छ। यो लेख लेख्दासम्म ११ लाख  संक्रमित भएका छन् । त्यस्तै १५ हजार ३ सय ७७ जनाको मृत्यु भयको छ। पूरा भारतमा १ करोड ८४ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाखभन्दा बढीको मृत्यु भएको छ।  

यो बिमारीको सबभन्दा ठूलो लक्षण भनेको शरीरमाअक्सिजनको मात्रा कम हुनु हो। मेडिकल अक्सिजनको यति धेरै मागहुन सक्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन। त्यहीअनुसार  उत्पादन गरिएको अक्सिजन भारतमा कम भयो। अहिले दिल्लीमा अक्सिजन नपाएर कोभिड–१९ बिरामीहरूको मृत्यु भएको छ। दिल्लीको जयपुर गोल्डन अस्पतालमा शुक्रबार राति अक्सिजन आपूर्ति बन्द हुँदा २० जना बिरामीको मृत्यु भएको  थियो । यसको अघिल्लो दिन दिल्लीकै गंगाराम अस्पतालमा अक्सिजनको आपूर्ति पर्याप्त हुन नसक्दा २५ जनाको मृत्यु भएको  थियो। त्यस्तै नई दिल्लीमा सरदार वल्लभ भाई पटेल अस्पतालमा दुईजना बिरामीको मृत्यु भएको छ।  

यी तीन प्रतिनिधिमूलक घटना मात्रै हुन्।  दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु हुनेको संख्यासँगै अक्सिजन तथा अन्य स्वास्थ्य सेवा नपाएको कारण मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ।  

भारतमा कोरोनाको कारण हृदयविदारक घटनाहरू घटेका छन्। भारतको मध्यप्रदेशको देवासमा कोरोनाको कारण एउटा  राम्रो परिवारनै उजाड भएको छ।  देवासको अग्रवाल समाजका अध्यक्ष बालकिशनको एक हप्तामा श्रीमती र दुई छोराको मृत्यु भएको छ। यो हृदयविदारक घटनालाई सहन नसकेर उनकी कान्छी बुहारीले आत्महत्या गरेकी छन्। दिल्लीकाअस्पतालहरूमा अक्सिजन छैन। मानिसहरू अक्सिजनका लागि लाइन लागेको देखिन्छ। बिरामी अस्पताल जाँदा साथमा अक्सिजन सिलिन्डर बोकेर जानुपर्ने स्थिति छ। हस्पिटलमा बेड खाली छैनन्। अरू त अरू कोरोनाबाट मृत्यु भएकालाई जलाउन समेत २ दिनसम्म पर्खनुपर्ने अवस्था छ। मानिसहरू रोइरहेका छन् । थेगिनसक्ने समस्याका कारण चिच्च्याइरहेका छन्।  

मेरो साथीको बुबा पनि अस्पतालमा भर्ना हुनुहुन्छ । उहाँलाई अक्सिजन खोज्न दिल्लीका धेरै ठाउँ घुम्यौ । यस्तो समयमा पैसाले पनि केही गर्न सकेको छैन। एउटा अक्सिजनको सिलिन्डरलाई १ लाखसम्म खर्च गर्छो भन्दा पनि पाउन सकिएको छैन । अस्पतालमा बिरामी  राख्ने ठाउँ छैन । बिरामी अस्पतालमा जबर्जस्ती पस्न खोजेपछि अस्पतालको बाहिर बाउन्सर समेत राख्नुपर्ने अवस्था छ । कुनै अस्पतालले बिरामी भर्ना लिएको छैन। आखिर भारतमा दोस्रो लहरमा किन यसरी अचानक कोभिड–१९ का संक्रमित बढे।  यसमा केही मुख्य कारण छन्–

पहिलो कारण  

कोरोनाको पहिलो लहरमा भारतको धेरै जनसंख्या कोरोना संक्रमणको खतरा हुँदाहुँदै पनि संक्रमणबाट बचेको थियो। त्यो जनसंख्या जो पहिलो चरणमा बचेको थियो। तिनीहरू नै कोरोनाको दोस्रो लहरमा  संक्रमित भएको देखिन्छ। जस्तै भारतको मुम्बईको धेरै जनसंख्या कोरोनाको संक्रमणको जोखिममा थियो। पहिलो लहर भारतमा धेरै मानिस  कोभिड–१९ बाट बचेका थिए।  यो बिमारीबाट उच्च वर्गीय र उच्च मध्यम वर्गीय परिवार धेरै संक्रमित भएको देखिन्छ। जस्तै भारतको मुम्बई कोभिड–१९को उच्च जोखिमको क्षेत्रमा पथ्र्यो । यसमा उच्च वर्गीय र उच्च मध्यम वर्गीय परिवारको जनसंख्या धेरै छ। यहाँ निजी अस्पतालमा कोभिड–१९ बिरामीका लागि बेड खाली छैनन्। उही सरकारी अस्पतालका बेड अझ पनि खाली छन्। जुन क्षेत्र पहिलो लहरमा कोभिड–१९ को संक्रमणबाट बचेको थियो त्यही क्षेत्रमा कोभिड संक्रमित बढेका छन्।  

पहिलो लहरमा कोरोना भएका मानिसहरू घरभित्र रहे । जसलाई पहिलो लहरमा कोरोना भएको थिएन। यसको मतवल उसलाई कोरोना हुँदैन भन्ने होइन। जबसम्म सबै मानिसहरूको शरीरमा एन्टिबडी बन्छ र ‘हार्ड इम्युनिटी’ले काम गर्छ तब मात्र कोरोना संक्रमणबाट बच्न सकिन्छ । सिरो सर्वेअनुसार ६०–७० प्रतिशत जनसंख्यामा एन्टिबडी विकसित भएर हार्ड इम्युनिटी विकसित भएमा र ४०–३० प्रतिशत जनसंख्या स्थिर भएमा मात्र यो संक्रमण रोकिन सक्छ । त्यस्तै आई सी एमआर  नामक संस्थाको सेरो सर्वे अनुसार भारतमा २५  प्रतिशत जनसंख्यामा मात्र एन्टिबडी विकास भएर हार्ड इम्युनिटी विकसित भएको देखाएको छ। यसको मतलब भारतमा २५ प्रतिशत जनसंख्या मात्र कोभिड–१९ संक्रमणबाट सुरक्षित छ।  

त्यस्तै नेपालमा १२ दशमलव ५ प्रतिशत जनसंख्यामा मात्र एन्टिबडी  विकास   भएर हार्ड इम्युनिटी विकसित भएको देखिएको छ। अर्थात् नेपाल ८ जनामध्ये १ जनामात्र कोराना संक्रमणको जोखिमबाट  बच्न सक्छन् । यसले कोरोना संक्रमणको अवस्थामा  नेपालको स्थिति राम्रो नभएको प्रष्ट देखिन्छ ।  

दोस्रो कारण  

अनुशासित नहुनु – खोप आइसकेपछि खोप लगाएका या नलगाएकाले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी अपनाउन छोडे। कोरोना संक्रमणबाट बच्नका लागि गरिने सावधानीहरू जस्तैः सामाजिक दूरी, मास्कको प्रयोग, साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने कार्य छोडे ।  मानिसहरूले कोरोनालाई गम्भीर रूपमा लिएनन् । भारतमा बजार खुले।  प्रदेशहरूमा विधान सभाका चुनावहरू गराइयो  र त्यहाँ सभा सम्मेलन गर्न थालियों।  सभा सम्मेलनमा आएका मानिसहरूले कोभिड–१९ संक्रमणबाट बच्न अपनाइने न्यूनतम सावधानी पनि अपनाएका थिएनन्।  नेताहरू पनि यसमा संलग्न भएको देखिन्छ। हिन्दूहरूको ठूलो मेला कुम्भ मेलाको आयोजना गरियो।  यसमा आउने श्रद्धालु तथा महन्तहरूले पनि सावधानी अपनाएको देखिएन। यसबाट पनि कोरोना संक्रमणको वृद्वि भएको देखिन्छ।  

तेस्रो कारण  

कोरोना संक्रमणको  संख्यामा वृद्धि दुई कुरामा निर्भर गर्दछ पहिलो आममानिस कसरी सुरक्षाका लागि आफ्नो सावधानी अपनाउँछन्। दोस्रो भाइरसको व्यवहार कसरी परिवर्तन हुन्छ। तर पछिल्लो अवस्थामा सावधानी अपनाउन छाडे ।  

भाइरसको व्यवहार डबल म्युटेन्ट वायरसको प्रभाव–यो वैरिएन्टको वैज्ञानिकलेबी . १ .६१७ नाम दिएका छन् । यो दुइ म्युटेन्टहरू E484Q र L452R मिलेर बनेको छ। यसको प्रभाव लामो समयसम्म रहन्छ। यसलाई मार्न पनि सकिँदैन। यसले छोटो समयमाआफ्नो  जेनटिक संरचनामा परिवर्तन ल्याउँछ। यिनीहरूको संक्रमण दर तीव्र हुन्छ। भारतमा रिपोर्ट गरिएको डबल म्युटेन्ट भाइरस E484Q र L452R  प्रभावबाट आएको हो । L452R स्ट्रेन संयुक्त राज्य अमेरिका  क्यालिफोर्नियाबाट आएको हो भने E484Q स्ट्रेन स्वदेशी हो ।  

आर (रिप्रोडक्टिव) नम्बर बढ्नु – पहिलो लहरको तुलनामा दोस्रो लहरमा  संक्रमणको गति बढेको देखिन्छ। पहिलो लहरमा रिप्रोडक्टिवआर नम्बर  २–३ को बीचमा थियो भने दोस्रो लहरमा ३– ४ को बीचमा रहेको छ। यसको मतलब एउटा संक्रमित व्यक्तिले औसत कति जनालाई संक्रमण गर्छ भन्ने कुराको आकलन यसबाट गर्न सकिन्छ। आर नम्बर जति बढ्यो संक्रमणको गति पनि त्यहीअनुरूप बढ्छ।

धेरै मानिस गाउँबाट शहरतर्फ स्थान्तरण हुनु – वास्तवमा कोरोना संक्रमण रोक्नका लागि मानिसहरूको एक अर्काप्रति सम्पर्क कम हुनुपर्छ। मानिसहरूको आवजावतमा कमी हुनुपर्छ। जसरी पहिलो लहरमा भारतका धेरै मानिस शहरबाट गाउँमा गएका थिए। जब सबै कुरा खुलेर शहरमा खोपको सुविधा छ भन्ने  कारणले बिना सावधानी तीव्र संख्यामा गाउँबाट शहरमा मानिसहरू आए, मानिसहरूको आवतजावत बढ्यो तब यो कुराले पनि कोरोना संक्रमितको संख्या बढायोे।

सरकारको लापरवाही– डब्लुएचओले भारतमा कोरोना   संक्रमणले विकराल रूप लिन सक्छ भनेर पहिले चेतवानी दिँदादिँदै पनि सरकारले स्वास्थ्य संरचनामा कुनै उल्लेखनीय कामहरू गरेको देखिएन।  जस्तै, अस्पतालहरूमा बेडहरूको संख्या बढाउनुपर्ने थियो । अक्सिजन प्लान्टहरू लगाउनुपर्ने थियो । मानिसहरूको जमघटमा रोक लगाउनुपर्ने थियो । खोप प्रक्रिया तीव्र गर्नुपर्ने थियो। जब कि भारतमा खोप उत्पादन आफ्नै देशमा हुने थियो । यस्ता कुराहरूमा केही न केही सरकारको कमजोरी देखियो।  

भारतमा भएको कोरोना भाइरसको विकराल स्थितिबाट नेपालले धेरै पाठ सिक्नुपर्छ। जनसंख्याको प्रतिशतको आधारमा हेर्दा भारतको भन्दा नेपालमा  संक्रमण बढ़ी भएको देखिन्छ। यो बिरामीको ठूलो लक्षण भनेको मानिसको शरीरमा अक्सिजनको मात्रा कमहुनु हो। यो संक्रमण बढेमा अक्सिजनको माग नेपालमा पनि तीव्र हुन सक्छ । त्यहीअनुरूप सरकारले अक्सिजनको व्यवस्थाका लागि अहिल्यै नै पहल गर्नुपर्छ।

प्रकाशित: १८ वैशाख २०७८ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?