सूचना, समाचार आज विश्वमा यति शक्तिशाली अस्त्र बनेको छ कि यसको प्रहार खप्न र यस मार्फत प्रति प्रहार गर्न शक्तिशाली ठूलो मनोवैज्ञानिक कसरत चलिरहेको हुन्छ। सञ्चार जगतमा आएको विष्फोटबाट विश्वग्रामको अवधारणा मूर्त हुन लागिरहेको छ।
आखिर सञ्चार शक्तिको निर्माता एवं प्रयोक्ता दुबै मानिसै हो। तर, यो अति व्ययसाध्य छ। विश्वव्यापी स्तरमा अरवौं-खरबौंको लगानी यसमा छ। तथापि सूचना त सबैलाई चाहिएकै छ। त्यसैले यहा‘ ठूलो होडबाजी (ऋय्कउभष्तष्यल) पनि छ। आफूलाई नभई नहुने सही सूचना लिन अर्काको भर पर्नुपर्ने राष्ट्र अभागी राष्ट्र हो।
जानिएन भने सञ्चारबाट जहर फैलिन सक्छ। विश्वव्यापीकरणको प्रभावले ...सूचना साम्राज्य' भन्ने शब्दावलीको प्रयोग हाम्रै दक्षिणी छिमेकी मुलुक भारतमा बहुचर्चित छ। आफ्नो सूचना प्रणालीलाई जोगाउन भारतमा गरिने प्रयासको दशांश पनि नेपालमा मैले देख्न पाइन।
अनुहार नेपाली प्राणस्पन्दन बाहिरकै, यस्तो मानसिकता बोकेको नेपाली सूचनाको मूल धार कायम रहेसम्म राष्ट्रिय सूचनाको सञ्जाल हामी निर्माण गर्न सक्दैनौं। आफ्नो धरातल बिर्सेर रमझममा भुल्ने सञ्चारकर्मीहरुबाट सञ्चार अभियन्ताको काम हुन सक्ला र? विगत चार वर्षको प्रेस काउन्सिलको गतिविधिबाट थुप्रै साथीहरु परिचित हुनुहुन्छ। यही असोज ६ गते ४० वर्षको प्रेस काउन्सिलको अनुसन्धानात्मक वृहत् ग्रन्थको विमोचन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट भएको छ। साथै काठमाडौं केन्द्रित पत्रकारितालाई विकेन्द्रित गरेर अनुगमन, मूल्यांकन र वर्गीकरण गर्ने मात्र हैन तिनलाई साधन सम्पन्न एवं केन्द्रीय अवसर र सुविधाबाट जिल्लाहरुमा पुग्ने परिपाटी मिलाउने अभियान थालिएको मात्रै छ।
छापा माध्यमलाई मात्र दृष्टि दिएर बनेको प्रेस काउन्सिल सम्पूर्ण मिडिया हेर्ने प्रतिनिधिमूलक संस्था बनाउनेतर्फ धेरै कागज खर्चिए पनि त्यसतर्फ प्रगति हुन सकेन। विश्वमै उच्च सम्मान पाएको प्रेस काउन्सिल जस्तो संस्थालाई बेलामौकामा राजनीतिक पूर्वाग्रहका कारण सञ्चार मन्त्रालयको एउटा तल्लो निकाय ठान्ने प्रवृत्तिबाट यदाकदा म र मेरा स्वाभिमानी साथीहरु आहत भएको सत्य हो।
आगामी दिनहरुमा प्रेस काउन्सिलको बनोटमा सञ्चारस‘ग सम्बन्धित लब्ध प्रतिष्ठित अपेक्षाकृत बेदाग कानूनविद्, सञ्चारविद्, समाजशास्त्री एवं नागरिक समाजको पनि प्रतिनिधित्व हुने गरी यस संस्थाको सुगठन हुनु अनिवार्य जस्तो लाग्छ।
वर्तमान दशाब्दी राजनीतिक दृष्टिकोणले युगान्तकारी रह्यो। किन्तु ढाई सय वर्ष पुरानो राजतन्त्रलाई विस्थापित गरे पनि संविधानसभाबाट संविधान आउन नसक्दा मुलुकमा सर्वत्र गम्भीर चिन्ता व्याप्त छ। यसमा पत्रकारहरुले विगतको जनआन्दोलनमा जस्तै ऐक्यवद्धता साथ गुटबन्दीमा नबल्भि्कई दूरदृष्टिका साथ राजनीतिक नेतृत्वलाई उत्प्रेरित गर्न नसक्नु दुःखद विषय हो।
जेहोस्, आखिर गन्तव्यमा नपुगी कसैलाई सुख छैन। तत्काल मुलुकलाई इराक, अफगानिस्तान र सिरिया जस्तो हुन नदिन नेतृत्वलाई उत्प्रेरित गर्न सशक्त कलम चनाखो हुने अपेक्षा गर्नुबाहेक अर्को विकल्प देखिन्न। अन्तमा फेरि पनि सबैमा धन्यवाद र कृतज्ञता। चरैवेति चरैवेति।
मिति : २०६९।७।१६
प्रकाशित: १५ कार्तिक २०६९ ०१:२२ बुधबार