८ मंसिर २०८१ शनिबार
image/svg+xml
ब्लग

अब ‘कृषिक्रान्ति’ गरौं

विश्वमा अहिले आगो सल्के जसरी सल्किरहेको छ– कोरोनाभाइरस (कोभिड–१९) । जसको त्रासले मानिसको दिनचर्या नै बदलिएको छ । कामगर्ने तौरतरिका बदलिएका छन् । कार्यालयका काम घरबाटै अनलाइनमार्फत हुन थालेका छन् । स्कुल÷कलेजका कक्षापनि यही माध्यमबाट सञ्चालन भइरहेका छन् । 

सर्वप्रथम चीनको वुहानमा देखापरेको यो भाइरसले अहिले विश्वभरका मानवलाई भयभीत बनाएको छ । नेपालमा यो लेख्दासम्म ५९ जना कोरोनाको संक्रमणमा परेका छन्, तीमध्ये पनि १६ जना स्वस्थ भइसकेका छन् भने भाग्यवश अहिलेसम्म कसैको मृत्यु भएको छैन । यसकालागि सरकारले अपनाएको सुरक्षा व्यवस्थालाई सलाम छ। 

यो संक्रमणबाट बच्न लागू गरिएको लकडाउनका कारण सहरका धेरैजसो मानिस आफ्नागाउँ फर्किएका छन् ।विविधकारण सहरमै रोकिन बाध्यहरू पनिआफ्ना थातथलो फर्किने उचित समयको पर्खाइमा छन् । यो समूहमा विशेषगरी दैनिक ज्याला मजदुरी गर्ने तथा कलकारखानामा अस्थायी रूपमा काम गर्ने मजदुर तथा विद्यार्थी छन् । 

लकडाउन हुने कुरा चल्ने बित्तिकै काठमाडौंका विभिन्न नाकामा गाउँ फर्किेनको भिड देख्दा सुरुमा केही अनौठो लागेको थियो । तर अहिले उनीहरूले एकदमै सही निर्णय गरेछन् भन्ने लागेको छ । किनकि समयमा निर्णय गर्न नसक्दा लकडाउनका कारण यातायात बन्द भएपछि कैयौं मानिस भोक भोकै हिँडेर घर फर्किन बाध्य भए । आखिर आपत्मा मानिसलाई आफ्नै घर प्यारो लाग्छ । दुःखसुखमा साथदिने आफ्नै परिवार हो । कतिपय मानिस यो महामारीले केही भइहाल्यो भने परिवारसँग भेट हुने हो कि होइन भन्ने सोचाइले पनि घर फर्किए ।  

उनी भन्दै थिए– ‘दिदी, यसपालि त सबै खेतबारीमा आफैं बालीनाली लगाएर कृषिक्रान्ति ल्याउने हो, कृषिमा आत्मनिर्भर हुने हो ।’

गाडी नपाएपछि पैदलै गन्तव्यतर्फ लाग्दा बाटामा अलपत्र परेकाहरूलाई मनकारी, परोपकारी समाजसेवी तथा जनप्रनिधिले खानेकुरा तथा गाडीको व्यवस्था गरेर सहयोग गरेको पनि पाइयो । विपद्मा परेका नागरिकलाई त्यस्ते सहयोग गरेर मानवीय धर्म पूरा गर्ने सबैमा लाखौंलाख सलाम । 

यो विषम परिस्थितिमा गाउँ फर्किएका मध्ये कोही भर्खरै घर पुगेर आराम गर्दै छन् भने कोही अलि अगाडि नै पुगेर नयाँ काम थालनी गर्ने सोच बनाइरहेका छन् । हामी सबैलाई थाहा भएकै कुरा हो– नेपाल कृषिप्रधान देश हो ।

विविधकारण युवा जति विदेशिँदा हाम्रा खेतबारी बाँझा बनेका छन् । खेतीपातीबाट भन्दाअन्य काम÷व्यवसायबाट धेरै आम्दानी हुने भएपछि मानिस कृषिबाट विमुख भएका छन् । जसले गर्दा कृषि प्रधान देश भनिए पनि बर्सेनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । योभन्दा विडम्बना अरू के होला र !

अहिले खेतीपाती गर्ने समय सुरु भएको छ । वर्षात्मा हुने बाली लगाउने उचित समय आएको छ । यही मौकामा बाध्यतावश नै किन नहोस्, देश विदेश रहेका नेपाली गाउँ पुगेका छन् । फलस्वरूप अहिले सामाजिक सञ्जालमा बारी खनेका, जोतेका तस्बिर छाउन थालेका छन् । ‘यो वर्ष आफ्नै बारीमा फलेका मकै, भटमास मज्जाले खाने हो’, ‘यसपालि त मज्जाले खेतीपाती गरिन्छ’आदि स्टाटस लेखिन थालेका छन् । जसले सकारात्मक सन्देश दिएका छन् । गाउँमामात्र होइन, सहरमै भएकाले पनि करेसाबारीमा तरकारी खेती गरिरहेको देखिन्छ । घरबाट बाहिर निस्कन नमिल्ने भएकालेपनि समय बिताउनकै लागिभएपनि मानिस खेतीपातीका काम तथा श्रममा संलग्न हुन थालेको पाइन्छ । 

कसैकसैले त यो लकडाउन कहिलेसम्म हो, कुनै ठेगान छैन भनेर बाँझा खेतमा पनि धान लगाउने योजना बनाइरहेका छन् । अस्ति गाउँबाट एकजना भाइले फोन गरेका थिए, जो सहरमा होटल चलाएर जीविका गर्थे, उनी भन्दै थिए– ‘दिदी, यसपालि त सबै खेतबारीमा आफैं बालीनाली लगाएर कृषिक्रान्ति ल्याउने हो, कृषिमा आत्मनिर्भ रहुने हो ।’

उनको कुरा सुनेर मलाई निकै खुसी लाग्यो । मलाई आशा छ– तीभाइले जस्तै अरूले पनि यसरी नै आफ्ना खेतबारीमा खेतीपाती गरुन् र केही हदसम्म भएपनि देशको अर्थतन्त्रलाई मद्दत पु-याउन् । 

यो मौकामा उजाड खेतबारी हरियाली बनाऔं, बढीनसके पनि कम्तीमा आफ्नो परिवारलाई खानपुग्ने अन्न उब्जाऔं । सधैंकतिअरूको मात्र भरपर्ने, सधैं कति चामललगायत खाद्यान्न किनेर खाने ! यो बर्खे खेतीपातीकालागि उचित समय हो। उचित समयमा तपाईं घर पुग्नुभएको छ । अब मकै, कोदो, भटमास, फापरजस्ता बर्खेबालीका साथै अलि पछि धान लगाउने तयारी गर्नुहोस् । आफूपनि समृद्धिको बाटोमा लाग्नुहोस् र देशलाई पनि समृद्धितर्फ लान सहयोग गर्नुहोस् ।गरे के हुँदैन र ’ मैले पनि सहरमा भएको मेरो सानो टुक्राजमिनमा तरकारी खेती गरेर तरकारीमा आत्मनिर्भर भएकी छु । 

अन्त्यमा, सबै जना सुरक्षित बसौं, आफ्नो ख्याल गरौं, आफ्नो परिवारलाई समय दिऔं । घरभित्र हिंसाहोइन, माया बढाऔं । जीवनमा फेरि यस्तो समय आउला नआउला, त्यसैले यो अमूल्य समयलाई कहिले नभुल्ने गरी बनाऔं ।यो कोरोना भाइरसलाई हामी सबै मिलेर हराऔं । 

प्रकाशित: २० वैशाख २०७७ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App