१६ चैत्र २०८० शुक्रबार
ब्लग

कोरियाबाट कोरोना पाठ : नेपालले के सिक्ने ?

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले पुरै विश्व प्रभावित बन्न पुगेको छ। गत बर्षको डिसेम्बर महिनाबाट चीनको वुहान प्रान्तबाट शुरु भएर अहिले विश्वको १८० देशमा  फैलिएको यो भाईरसको कारण विश्वको अर्थतन्त्रमा ठूलो गिरावट मात्र आएको छैन यसले जनजिवन नै पूर्णरुपमा अस्तव्यस्त बनाएको छ। लाखौ विद्यार्थीहरु विद्यालय र विश्विद्यालय जानबाट बन्चित छन्। भने लाखौको संख्यामा मानिसहरु काम बिहिन भएका छन्।

जोन हप्किन्स विश्वविद्यालय र मेडिसिन कोरोना भाईरस रिसोर्स सेन्टरका अनुसार हालसम्म विश्वभर ३ लाख मानिसमा संक्रमण भएको यो रोगबाट १३ हजार जनाको मृत्यु भएको छ। दोस्रो महाशक्ती राष्ट्र चीन हुँदै पहिलो महाशक्ती राष्ट्र अमेरिका लगायत विश्वको धनी र विकसित देशहरुलाई नै हायलकायल गरेको यो रोगको त्रास नेपालमा पनि छ।

सबैभन्दा पेचिलो मुद्दा बनेको मास्क समस्यालाई लिएर सराकारको आलोचना भए पनि हप्ताको २ ओटा  मास्क आफ्नो जन्म बर्षको अन्तिम अंक अनुसार वितरण गर्‍यो। नजिकको औषधी पसल (याक्गुक), हुलाक कार्यालय, नोंग्याब मार्ट लगायतबाट प्रभावकारी ढंगले बितरण गर्यो। दिनमा १ करोड मास्क उत्पादन गरेर मास्क अभाव हुन नदिने प्रयास जारी राखेको छ। त्यस्तै कोरोना संक्रमण भएको आशंका लाग्यो भने नागरिकलाई २४ सै घण्टा सहजै जानकारी दिन सक्ने व्यवस्था मिलायो।

दक्षिण कोरियाको अवस्था

कोरोना भाईरसबाट अत्यन्तै प्रभावित मुलुकमध्ये दक्षिण कोरिया पनि एउटा मुलुक हो। चीन पछि दक्षिण कोरिया प्रभावित मुलुकको रुपमा रहेको थियो। तर पछिल्लो  दिनहरुमा आएर कोरिया कोरोना भाईरसलाई नियन्त्रण तर्फ उन्मुख रहेको छ। कोरियामा हालसम्म संक्रमितको संख्या ९ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या १०४ जनापुगेको छ। अहिले दक्षिण कोरियालाई ईटालीले पछाडि पारेको छ। विश्व स्वास्थ्य संगठनले कोरियाको कोरोना नियन्त्रण प्रयासलाई मुक्तकण्ठले प्रशंसा गरेको मात्र छैन विश्वले कोरियाबाट पाठ सिक्नु पर्ने बताउँदै आएको छ। कोरियाले राज्यका संयन्त्रहरुको प्रभावकारी परिचालन र नागरिको सचेतनाले  कोरोना नियन्त्रणमा आफुलाई अब्बल साबित गरेको हो। कोरियामा रहेका झन्डै ४५ हजार नेपालीहरु मध्ये अहिलेसम्म कसैलाई कोरोनाको संक्रमण भएको छैन। सुरुमा यहाँ रहेका नेपालीहरु पनि कोरोनाको डर र त्रासमा रहेको भएपनि पछिल्लो समय कोरियाले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेपछि यहाँका नेपालीहरुमा पनि डर र त्रास घट्दो छ।

कोरियाले के के गर्यो ?

२० जनवरीदेखि कोरोना भाइरसको संक्रमण देखिएको कोरियामा फेब्रअरी २१ सम्म  ३४६ जनामा संक्रमण देखिएको थियो। तर देगु शहरको  सिन्चोजी चर्चबाट अत्यन्तै तिव्र गतिमा फैलिएपछि भने  पुरै दक्षिण कोरिया ठूलो जोखिममा पर्‍यो। सरकारले सिन्चोजी चर्च र पुरै देगु शहरलाई आंशिक लक–डाउन गर्‍यो भने रोग फैलाएको आरोपमा उक्त चर्चका प्रमुख र पाष्टरहरुलाई कारवाही गर्‍यो। शुरुमा सरकारलाई असहयोग गरेको भनिएको  उक्त चर्चका सबै अनुयायीहरुको खोजी गरेर उनीहरुको परीक्षण गर्दै सरकार अवज्ञा गर्नेहरु प्रती कठोर बन्यो। क्रिश्चियन धर्म सम्बन्धी विश्वका विभिन्न संस्थाहरुले धार्मिक स्वतन्त्रता प्रती चासो व्यक्त गर्दै सरकारको आलोचना गरे पनि सरकार कठोर रुपमा प्रस्तुत भएर अन्य क्षेत्रमा फैलनबाट रोक्न केही हदसम्म सफल भयो। सबैभन्दा पेचिलो मुद्दा बनेको मास्क समस्यालाई लिएर सराकारको आलोचना भए पनि हप्ताको २ ओटा  मास्क आफ्नो जन्म बर्षको अन्तिम अंक अनुसार वितरण गर्‍यो। नजिकको औषधी पसल (याक्गुक), हुलाक कार्यालय, नोंग्याब मार्ट लगायतबाट प्रभावकारी ढंगले बितरण गर्यो। दिनमा १ करोड मास्क उत्पादन गरेर मास्क अभाव हुन नदिने प्रयास जारी राखेको छ। त्यस्तै कोरोना संक्रमण भएको आशंका लाग्यो भने नागरिकलाई २४ सै घण्टा सहजै जानकारी दिन सक्ने व्यवस्था मिलायो।

'पाल्ली–पाल्ली’ (छिटो–छिटो ) कोरियाको पुरानो प्रचलन नै हो।  यहाँ सबै कुरा छिटो छिटो गर्नु पर्छ भन्ने मान्यता नै स्थापित भएको छ। कोरोना भाईरस  नियन्त्रणको गति पनि 'पाल्ली–पाल्ली’ नै छ। देशभरका ९६ प्रोयोगशालाबाट नमुना लिएको ५ घन्टाभित्र नै नतिजा दिन सक्छ। दैनिक २० हजार जनासम्मको परीक्षण गरेर उसले आफ्नो 'रेकर्ड’ नै राखेको छ। विश्वभर नै परीक्षण किटको अभाव भईरहेको चर्चा चलिरहेको भए पनि कोरियामा भने अहिलेसम्म अभाव देखिएको छैन। मानिसहरु बढी जमघट हुने स्थानहरु ट्रेन स्टेशन, लामो दुरीमा चल्ने बस स्टेशनहरुमा थर्मल क्यामेरा जडान गरिएका छन्। बैंक, सरकारी कार्यालयहरुमा सबैको चेक जाँच गर्ने व्यवस्था मिलाइएको छ। शैक्षिक संघ संस्थाहरुको बिदा अबधी थप गरिएको छ। तर कोरियाले लक् डाउन नगरी कोरोना नियन्त्रणमा चालेको कदम विश्वको लागि नयाँ मोडल बनेको धेरै विज्ञहरुको मत रहेको छ। अर्को तर्फ कोरियाका  स्वाथ्यकर्मीहरुले देखाएको त्याग,सेवा भाव र उच्च आत्मबल संसारको लागि महत्वपूर्ण पाठ बन्न पुगेको छ।

नेपालले के सिक्ने ?

पछिल्लो समय नेपाल कोरोना भाईरसको उच्च जोखिममा पर्न सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी पछि सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने र प्रभावित मुलुकबाट नेपाल प्रवेशमा सबैलाई (नेपाली तथा विदेशी ) प्रतिबन्ध लगाएको छ। तर कमजोर स्वास्थ्य प्रणाली र अस्तव्यस्त राज्य प्रणालीको कारण नेपाल कोरोना भाइरसका विरुद्ध कसरी लड्न सक्छ? पेचिलो प्रश्न बनेको छ। नेपाल जस्तो मुलुककले सबैलाई क्वारेन्टाइनमा राखेर उपचार गर्न सम्भव छैन। तर नागरिकलाई आग्रह गर्दै भिडभाड हुन नदिने, कार्यालयहरु पनि सम्भव भएसम्म अनलाईनबाट नै गर्ने प्रवन्ध मिलाउने, मास्कको लागि प्रदेश र स्थानीय सरकारसंग सहकार्य गर्दै मास्क अभाव हुन नदिन घरेलु मास्क (आफैले बनाउन सकिने) मास्कको प्रयोगलाई प्रोत्साहन गर्न ढिला गर्न हुँदैन। सबैभन्दा महत्वपूर्ण पक्ष  स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाएर नागरिकलाई सबै ठाउँमा राज्यको उपस्थिती छ भन्ने विस्वास दिलाउन सक्नु  पर्छ। त्यस्तै निजी अस्पतालहरुमा परीक्षण किट, सुरक्षा सामाग्री लगायत अत्यावश्यक सामाग्रीहरुको अभाव हुन नदिन शिघ्र कदम चाल्नु पर्छ।

(मैनाली पत्रकार महासंघ दक्षिण कोरिया शाखाका पूर्व अध्यक्ष हुन्।)

 

प्रकाशित: १० चैत्र २०७६ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App