राहदानी बनाइदिन्छ र रेमिट्यान्स पचाउँछ मेरो सरकार, राष्ट्रियता मार्छ र सत्ता बचाउँछ मेरो सरकार। पावरफुल पनि कति हो कति हेर न, पत्रकार, न्यायलय औंलामा नचाउँछ मेरो सरकार।
कहिले सडक कहिले सदनमा नाटक देखाउँछन् चटकेहरू, ढाँटको गिनिज वल्र्डमा नाम लेखाउँछन चटकेहरू। जब हात लाग्दैन सत्ता भित्री दाउपेच र तिकडमले, बाह्य प्रभुको पाउमा माथ टेकाउँछन् चटकेहरू।
थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष तथा सांस्कृतिक अभियन्ता निर्कुधन राईले गत जेठ १३ गते फेसबुक स्टाटस लेखे, ‘म निःशब्द छु। हामी बोल्योम्देल (कटुञ्जे)मा अवश्य भेटिनेछौँ।’
अझै पनि खियामाको तानढुंगा छेवैमा ठूलो पोखरीको अवशेष देखिन्छ। त्यो पोखरी तोयामा र खियामा दिदीबहिनीले बनाएको भनिन्छ। कथाअनुसार, दिदीबहिनीले पोखरीको वरिपरि सप्तरंगी फूल रोपेका थिए। बिहानीपख सप्तरंगी फूलको प्रतिविम्ब पोखरीमा देखिन्थ्यो। घाम झुल्किने बेला फूलहरूले यस डाँडा नै रातो हुन्थ्यो।