राज्यको ‘धमिरा’ बनेको डिडिसी कसरी बन्यो एकाएक नाफामूखी ?
स्पष्ट नीति, अनावश्यक खर्चमा निर्मम कटौती र इमान्दारिताका साथ व्यवस्थापकीय कौशल देखाउने हो भने वर्षौँदेखि घाटा र ऋणको आहालमा डुबेको कुनै पनि सरकारी संस्थानले कसरी छोटो समयमै चमत्कारिक सुधार गर्न सक्छ भन्ने उदाहरण बनेको छ- दुग्ध विकास संस्थान (डिडिसी)।

