नेपाली समाजको आर्थिक र सामाजिक विकाससँगै उच्च शिक्षा अध्ययन गर्नेको संख्या दिनानुदिन बढ्दो छ। केही वर्षयता त औपचारिक शिक्षाको अन्तिम खुड्किलो मानिने विद्यावारिधि तह सम्मै अध्ययन गर्ने नेपाली पनि उल्लेखनीय संख्यामा छन्। शिक्षित, दक्ष जनशक्तिको संख्या बढ्नु मुलुकका लागि अवश्य खुसीकै कुरा हो।