मानव अधिकार र न्यायालय
नेपालमा मानव अधिकार संरक्षणमा सर्वोच्च अदालतले खेलेको भूमिकाका सन्दर्भमा यस लेखमा चर्चा गर्न खोजिएको छ। मानव अधिकारको सवालमा नेपालकोे संविधानले अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र घोषणापत्र लगायतका दस्तावेजहरूलाई जीवन्तता प्रदान गर्र्दै सहज कार्यान्वयनको दायित्व न्यायपालिकालाई सुम्पिएको छ। न्यायमा सहज पहुँचविना मानव अधिकारको प्रत्याभूत हुन सक्दैन।