९ कार्तिक २०८३ सोमबार
image/svg+xml
डा.गोविन्द कार्की


डा.गोविन्द कार्कीका लेखहरु :

‘सर! किताब लेख्ने बेला लेखकहरू रुँदै रुँदै लेख्छन् हो?’

सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न। त्यसलाई आकार दिनुपर्छ र विचारसहित उठाउनुपर्छ अक्षरमा।

कचौराभरि भैंसीको दुध र ‘स्मार्ट पुस्ता’को काव्यचिन्तन

विश्वविद्यालय भनेको तोकिएको पाठ, तोकिएको समय, तोकिएको परीक्षा, तोकिएको प्रश्न, तोकिएको उत्तर र तोकिएको नतिजामात्रै हो त? होइन। होइन भने यो संस्कृतिपूर्ण तिर्खा मेट्ने मूलपानीको पोखरी विश्वविद्यालय किन हुन सक्तैन? हाम्रो विश्वविद्यालय, हाम्रा पाठ्यक्रम, हाम्रो पढाइ र हाम्रो प्राज्ञिक चेतना पूर्वोक्त सन्दर्भको सापेक्षतामा कहाँ होला?

झमकको आँसु र ‘संघर्ष’ कथासङ्ग्रह

महिला आधा आकाश होइन, ऊ पूर्ण आकाश हो। कर्मको बाहिरी संसार र भित्री घरेलु संसार सँगसँगै हाँकेर जीवनको सङ्घर्ष अघि बढाउने कर्मशील नारी कसरी आधा हुन सक्छिन्? कसरी आधा आकाश, कसरी आधा धर्ती?

कस्तो एनआरएन!

गैरआवासीय नेपाली (एनआरएन) संघ  स्थापना भएको करिब १५ वर्ष भएको छ र यस अवधिमा करिब ७५ देशमा यसको संगठन विस्तार भएको छ। कुनै पनि संगठन विकासको हिसाबले १५ वर्ष पक्कै पनि कम हैन। तर के यसले आफ्नो सुरुआती अवस्थामा राखेको लक्ष्य, उद्देश्य हासिल गर्न सफल हुँदैछ त? के साँच्चै नै यो विदेशमा बस्ने नेपालीको प्रतिनिधि संस्था हो त? के यसले उनीहरूको हकहितको संरक्षण गरेको छ त? समीक्षा गर्ने बेला भइसकेको छ।

'उस' भर्सेस इन्जिनियरिङ

जताततै बेहिसाब कोरिएका खाल्डे सडकले निम्त्याएको वातावरण विनाश र मानवीय दुर्घटनाको कहालिलाग्दो शृंखला कहिलेसम्म? राजनीतिक हस्तक्षेप र भागबन्डामा बनेका उपभोक्ता समिति (उस) ले गरेका निर्माण कार्यको गुणस्तर के छ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्