१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

माग्ने बुढासँगै तस्बिरमा रहेका यी दुई को हुन् ?

यी दुई तस्बिर हेर्नुहोस् । जहाँ एक व्यक्ति दुवै तस्बिरमा छन् उनलाई चिन्न तपाईंलाई असहज पक्कै भएन होला, अर्थात अहिले चलिरहेको चलचित्र माग्ने राजाका नायक माग्ने बुढा (केदारप्रसाद घिमिरे)।  

त्यही तस्बिरमा भएका अरु को होलान् ? तर यी दुवै तस्बिरमा भएका एकै व्यक्ति हुन् । परिवेस, ठाउँ र समयमात्र फरक ।  

अहिले केदार अभिनित चलचित्र चलिरहेको छ। दर्शकको साथ पनि पाइरहेको छ । यी नै दर्शकलाई धन्यवाद भन्न र प्रतिक्रिया सुन्न केदार विभिन्न हलमा पनि कुदिरहेका छन् ।  

लडेर घाइते भए पनि उनी दर्शकसँगको भलाकुसारीमा दौडिरहँदा दुई जना फोटो खिचाउन आए ।  

केदारले सुरुमा त अन्य जस्तै माग्ने राजा हेर्ने दर्शकका रुपमा मात्र उनीहरूलाई लिए र फोटोलाई फोज दिए ।  

पछि कुराकानीका क्रममा थाहा भयो उनीहरू यो चलचित्रमामात्र होइन् यसअघि माग्ने अभिनित छक्कापञ्जा-२ पनि हेरेर केदारसँग तस्बिर खिचाउने दाजुबिहीनी रहेछन् ।  

कालिकास्थान निवासी नुर ढुंगाना र नाभ्या ढुंगानाले आफूले अभिनय गरेका सबै चलचित्र हेर्नेगरेको थाहा पाएपछि उनी थप खुसी भएर उनीहरूका रुचीका विषय केदारले चासो राखेका थिए ।

नुर र नाभ्यालाई भेटेको सन्दर्भले आफूमा अथाह खुसी मिलेको भन्दै यो खुसीलाई सामाजिक सञ्जालमा सेयर गरेका छन् ।  

उनले लेखेका छन्, ‘छक्कापन्जा-२ हेर्न आएका बेला खिचिएको फोटो र माग्ने राजा हेर्न आउँदाको फोटोमा निकै फरक । उहाँहरु कालिकास्थान निवासी नुर ढुङ्गाना र नाभ्या ढुङ्गाना हाम्रा सबै चलचित्र हेर्नुहुँदोरहेछ । धन्यवाद ।’

प्रकाशित: ११ भाद्र २०८२ १९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App