११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘परालको आगो’ले चार करोड पार गर्दा ‘राम नाम सत्य’ले कति कमायो?

दुई चलचित्र ‘परालको आगो’ र ‘राम नाम सत्य’ को बक्स अफिस विवरण सार्वजनिक भएको छ।

चलचित्र विकास बोर्डले सोमबार यी दुई चलचित्रको वैशाख २६ गतेसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको हो।

विवरणअनुसार वैशाख ११ देखी सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्रले चार करोड २५ हजार चार सयको व्यापार गरेको छ।

चलचित्रले एक लाख ४३ हजार सात सय २४ वटा टिकट बिक्री गरेको छ।

चैत २७ गते देखी प्रदर्शनमा रहेको चलचित्र ‘राम नाम सत्य’ को व्यापार भने परालको आगोको तुलनामा कमजोर देखिएको छ। चलचित्रले शनिबारसम्म तीन करोड ४० लाख ८१ हजार ६ सयको व्यापार गरेको छ। यसले एक लाख २१ हजार चार सय पाँच टिकट बिक्री गरेको छ।

प्रकाशित: २८ वैशाख २०८३ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App