२१ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

नदी मात्रै दोषी कहाँ, मौन सरकार बग्यो!

गजल

१) गजल

भेलले आज घरै बगायो रहेछ,

आँखाले फेरि आँसु झार्‍यो रहेछ।

आमाको काख रित्तो भयो आज,

छोराको अन्तिम स्वर हरायो रहेछ।

छानो थियो, त्यो पनि रहेन अब,

भोकले सारा भर जलायो रहेछ।

नदी त केवल दोषी कहाँ थियो र?

मौन सत्ताले घाउ बढायो रहेछ।

बाँच्ने आशा बोकेर रात काट्दा,

भाग्यले फेरि साथ छोड्यो रहेछ।

२) गजल

आँखाभरि आँसु थियो, सारा घर बग्यो,

जिउने एउटा आशा थियो, त्यो भर बग्यो।

आमाको काख रित्तियो, छोराको स्वर बग्यो,

बाबुको काँधमाथि आज सिंगो शहर बग्यो।

छानो थिएन, अन्न थिएन, भोकै रात बग्यो,

काखमा छोरा च्यापेर आमाको प्रभात बग्यो।

नदी मात्रै दोषी कहाँ? मौन सरकार बग्यो,

पीडितको आँसु देख्दा पनि कसरी अन्तर बग्यो?

प्रकाशित: २१ भाद्र २०८३ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App