२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

विपिनले नचिनेपछि इभाले भनिन् : मेरो अनुहार त उही हो, उहाँले कहाँ हेर्नुभयो ?

टिकटकर इभा गिरीले अभिनेता विपिन कार्कीको सोच गलत रहेको भन्दै टिप्पणी गरेकी छिन्।

चलचित्र ‘कबड्डी ५’ को प्रमोसनका लागि एक शोमा अन्तर्वार्ता दिन गएका विपिनले इभालाई नचिनेपछि इभाले उनको नियतमाथि प्रश्न उठाएकी हुन्।

कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले अभिनेता दयाहाङ राई र विपिन कार्कीलाई स्क्रिनमा इभाको फोटो राखेर चिन्नुहुन्छ भन्दै प्रश्न गरेका थिए।

सुरुमा त दुवै अभिनेताले चिन्न सकेनन्। पछि, विपिनले आफू बसेको सिटबाट उठेर हेर्दा समेत चिन्न नसकेपछि प्रकाश सुबेदीले नै  ‘इभा गिरी’ भनेर चिनाइदिए।

त्यसपछि विपिनले लुगा अर्कै भएर इभालाई चिन्न गार्हो भएको बताए। उनले भने,‘ ‘ए‘ तर यस्तो लुगा लगाएर इभा गिरीलाई देखाउनुभएछ। हाम्रो दिमागमा अर्कै इमेज छ। नत्र म चिन्थेँ।’

यस्तै, उनले इभाको तारिफ गर्दै भने,‘ उहाँको धेरै प्रगति छ अहिले। बलिउडमा पनि काम गरिराख्नुभएको छ।’

यहि कुरामा विपिनले आफूलाई नचिनेको भन्दै उनीमाथि इभा खनिएकी हुन्। सञ्चारकर्मीहरुसँग बोल्दै इभाले विपिनको प्रतिक्रियामा आपत्ति जनाइन्।

उनले साडीमा र अरु लुगामा पनि आफ्नो अनुहार एकै रहने बताउँदै विपिनको नियतमा प्रश्न उठाइन्। ‘साडीमा अनुहार त एउटै हो मेरो, उहाँले कहाँ चाहिँ हेर्नुभयो ? कि उहाँको सोच नै गलत हो। त्यो चाहिँ मलाई एकदमै फिल भइराखेको छ। उहाँहरूको सोच नै गलत जस्तो लाग्यो’, उनले भनिन्,‘अनुहार त एउटै हो, हैन ? मैले त्यसरी एआई त गरेको छैन। चेन्ज गरेको त छैन मेरो अनुहार।’

यस्तै, इभाले ठूलो कलाकारले यस्तो भन्न नहुने भन्दै त्यस्तो एक्सपेक्ट नगरेको बताइन्।  ‘आइ थिङ्क नचिनिने कुरै हुँदैन, अनुहार त सेम नै त हो’, उनले भनिन्, उहाँहरूको छोरीलाई पनि त्यस्तो भन्दाखेरि कस्तो हुन्छ होला ? एकचोटि उहाँले पनि फिल गर्नु पर्छ होला त्यो कुरा चाहिँ। यो गलत हो।’

यस्तै, उनले यो कुरा आफूले मनमा नलिएको बताउँदै भनिन्,‘ तपाईंसँग प्ल्याटफर्म छ भन्नेबित्तिकै मनमा जे आए पनि भन्न मिलेन नि त, हैन र ? यत्रो ठूलो कलाकार भएर त्यस्तो भन्दिनुभएको रहेछ।  फेमस हो भन्दैमा त्यस्तोसम्म नबोलेको भए हुने। मैले त्यस्तो एक्सपेक्ट गरेको थिइनँ उहाँबाट। तर, मैले मनमा चाहिँ लिएको छैन।’

प्रकाशित: २२ आश्विन २०८३ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App