३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

छसाततले महल हुने कस्ता होलान् सुकुम्बासी!

मुक्तक

१) मुक्तक

विपद् पर्दा खुशी हुँदै हेर्न आउनेहरू

आलोचना गरीगरी भजन गाउनेहरू

राम्रो गर्दा स्याबास पनि दिन सिके राम्रो

गलत ठाउँ खोजीखोजी आरोप लाउनेहरू।

२) मुक्तक

शहरतिर रमाउने सुकुम्बासी कस्ता होलान् 

छिनमा हाँस्ने छिनमा रुने सुकुम्बासी कस्ता होलान्

शब्दकोश नै गलत पार्ने नेपालमै छन् अनेक थरी

छसाततले महल हुने कस्ता होलान् सुकुम्बासी।

३) मुक्तक

सानो ठूलो कोही होइन नेपाली एक जात मानौँ  

एकतामै बल धेर हुन्छ भन्ने सत्य बात मानौँ  

सबैलाई आफ्ना देखौँ अघि बढौ मिलीजुली

पछिबाट खुट्टा होइन अघिबाट हात तानौँ।

४) मुक्तक

कुप्रो ज्यान छ खान बस्छु भागमै सिघान झर्छ

लटठी लिई हिड्न खोज्छु पाइलो पछि सर्छ

वृद्धकालमा आफ्नै शरीर घाँडो लाग्ने रैछ

ट्वाइलेट पसी खोल्न खोज्दा इँजार गाँठो पर्छ।

५) मुक्तक

यात्रा मेला सभा जुलुस मिटिङमा वा अन्तै जाओस्

झुप्रा महल दरवार पसोस् जेजे पायो त्यही खाओस्

नराम्रो वा राम्रो गरी थोरै चर्चा पायो भने

खबर भिडियो बनिहाल्छ नाङ्गै होस् कि धोती लाओस्।

प्रकाशित: २६ वैशाख २०८३ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App