५ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

देखेनौ

लघुकथा

‘के भयो हो माइली आमा! विरक्त मानेजस्तै छ नि?’

‘मलाई त धेरै नै पिर लागेको छ गोपाल। छोराले मसँग झगडा गरेर हिँडिहाल्यो। त्यो बजिया कहाँ गयो होला नि, मलाई एक्लै छोडेर?’

खै कसले हो फोन गरेर मन्त्री हुन आइजा भन्यो छ र हिँडि पो हाल्यो।

‘ए त्यसैले दिक्क लागेको हो? राम्रो भयो छ नि छोराले मन्त्री हुने मौका पायो।’

- म खुसी छुइनँ।

‘किन र माइली आमा?’ कारण के हो भन्नुस् न मैले केही सहयोग गर्न सक्छु कि  ‘मैले कुरा कोट्याउँदै सोधेँ।

‘अरू त के हुन्छ अब नयाँ साल फेरिन लाग्यो पोहोर साल खुशी थियौं  "नयाँ साल आयो भने धेरै खुसी हुनु पनि राम्रो हुँदो रहेनछ। बयासी सालमा खुशी भएर पिरै पिर पर्‍याे।’

‘होइन साँचो कुरा गर्नु न कस्तो पिर हो?’ म जान्न उत्सुक भएँ।

त्यत्रा निर्दोष आमाहरूले सन्तान गुमाए राष्ट्रको सम्पत्ति जलाए, देखेनौ र गोपाल?"

प्रकाशित: ३ वैशाख २०८३ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App