राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट अभिनेताको पुरस्कार विजय बराल र उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासना सिंह ठकुरीले पाएका छन्।
चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट अभिनेता-अभिनेत्रीको पुरस्कार बराल र सिंहले पाएका हुन्।
उत्कृष्ट अभिनेताको पुरस्कार बरालले फिल्म पूर्णबहादुरको सारङ्गीबाट पाएका हुन्। बरालको मुख्य भूमिका रहेको यो फिल्मले कीर्तिमानी व्यापार गर्न सफल भएको थियो ।
त्यस्तै उत्कृष्ट अभिनेत्रीको पुरस्कार सिंहले फिल्म खुस्माबाट पाएकी हुन्।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका हुन् ।
प्रकाशित: ३० असार २०८२ १७:५३ सोमबार





