२०४८ सालमा स्थापना भएको चलचित्र समिक्षक समाज (फिक्सन)लाई निरन्तता दिदैँ आएको समाजले दुई वर्षको अवार्ड एकै पटक वितरण गरेको छ।
विभिन्न कारणवश दुई वर्षदेखि रोकिएको उक्त अवार्ड शनिबार पर्यटन विकास बार्डमा समापन भएको छ। चलचित्रलाई समिक्षा गरि चलचित्रका गुणस्तर बढाउन तथा चलचित्रमा भएका केही कमी–कमजोरी तथा पहिल्याउनु उदेश्यका साथ सुरु भएको उक्त अवार्ड समारोहमा प्रमुख अतिथिको रुपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आएका थिए।
छनौट प्रक्रियामा समाजले २०८१–२०८२ सालमा प्रदर्शनमा आएको चलचित्रको सुक्ष्म अध्ययन, प्राविधिक विश्लेशन तथा मुल्यांकनका आधारमा विभिन्न विद्यामा उत्कृृष्ट व्यत्तित्वलाई छनौट गरि उक्त अवार्ड वितरण गरिएको हो।
यी हुन् २०८१ का क्रिटिक्स फिल्म अवार्डका विजेता
उत्कृष्ट साण्उड डिजाइरनः किशोर आचार्य (गाउँ आएको मान्छे)
उत्कृष्ट सम्पादकः जे.हिम ली र एलेक्स गुर्भिट्स (राजागन्ज)
उत्कृष्ट निर्देशकः मीनबहादुर भाम (शाम्बाला)
उत्कृष्ट अभिनेता दयाहाङ राई (गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री थिन्ले ल्हामो (शाम्बाला)
उत्कृष्ट पटकथारलेखनः सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
उत्कृष्ट छायांकनः आलोक शुक्ला (आँखा)
उत्कृष्ट सम्पादनः जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
स्पेसल मेन्सन (अभिनय) सुपला सापकोटा (बोक्सीको घर)
स्पेसल मेन्सन (कला निर्देशन) रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)
यी हुन् ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’का विजेता
उत्कृष्ट फिल्मः (ऊनको स्वीटर)
उत्कृष्ट निर्देशकः नवीन चौहान ( ऊनको स्वीटर)
उत्कृष्ट पाश्र्व संगीतः कोविद बज्र (ऊनको स्वीटर)
उत्कृष्ट अभिनेताः हरिवंश आचार्य (भूठान)
उत्कृष्ट अभिनेत्री आना शर्मा (रमिताको पिरती)
उत्कृष्ट पटकथाः नवीन चौहानरसुरज कटुवाल (ऊनको स्वीटर)
उत्कृष्ट छायाङ्कनः सुशन प्रजापति (भूठान)
उत्कृष्ट सम्पादनः अञ्जय खड्का (भूठान)
प्रकाशित: ६ असार २०८३ १८:३० शनिबार





