शुक्रबारदेखि दुई नेपाली चलचित्र प्रदर्शनमा आएको छ। सामाजिक कथावस्तुमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’।
अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘पेन्सन पट्टा’ जहाँ लाहुरे जीवनलाई बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख(सुविधासँग जोडेर हेरिन्छ। तर 'पेन्सन पट्टा'ले लाहुरे जीवनसँग जोडिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडाको कथा समेतिएको छ।
यसमा लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावलाई प्रस्तुत गर्न खोजेको छ। चलचित्रमा दयाहाङ राईसँगै गौमाया गुरूङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरूङ, माया गुरूङ, पुष्कर बहादुर गुरूङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधरलगायतका कलाकारको अभिनय रहेको छ।
सशान कँडेलको निर्देशनमा रहेको चलचित्र ‘बेहुली’ मा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र बालकलाकार समायरा थापा मगरको पनि अभिनय देख्न सकिन्छ।
यो सँगै बलिउडको ब्लकबस्टर चलचित्र ‘हनुमान अंश’ पनि आजदेखि प्रदर्शनमा आएको छ।
प्रकाशित: २६ भाद्र २०८३ ११:५५ शुक्रबार





