१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

सम्बन्ध त घाटैसम्मको हुनुपर्छ भन्नेहरूले...!

मुक्तक

१) मुक्तक

के छ र लानु आखिरमा बाचौँ हाँसेर आज

झोक्राउँदा रोग लाग्ला नाचौं हाँसेर आज

खुसी हुन उमेरले छेक्दैन महोदय,

संसारका खुसीहरू साँचौँ हाँसेर आज।

२) मुक्तक

अनुभव सँगाल्दै जाने बाटोको नाम जिन्दगी रहेछ

आफू दुखेर अरूलाई हँसाउने काम जिन्दगी रहेछ

पाइलैपिच्छे फरक परिभाषा बोकेर उभिएको

सधैं हतरमा झटारिदै खाने माम जिन्दगी रहेछ।

३) मुक्तक

कोही रुँदै हिंड्दा पनि हाँसिरहेको हुन्छ कोही

कोही बिछोडिंदा सम्बन्ध गाँसिरहेको हुन्छ कोही

बाचाबन्धन सारा तोदी बिरानो बनी गए पनि,

बैगुनीका यादहरू मुटुमा टाँसिरहेको हुन्छ कोही।

४) मुक्तक

त्यता सेतै बादलुको जिउ हो कि कसो

नेपालकै हिमालको बिउ हो कि कसो

जता गयो मक्खै पर्ने कस्तो तिम्रो बानी,

उतैतिर हराउने निहुँ हो कि कसो।

५) मुक्तक

सम्बन्ध ऐना जस्तै हो त्यसमा आफ्नै छवि देखिन्छ

निहालेर हेर्‍याे भने तलाउमा रवि देखिन्छ

खुला हृदयले प्रशंसा गरे शत्रु पनि मित्र बन्छ।

फाइदा लिन सम्बन्ध गाँसे मित्र पनि मतलवि देखिन्छ।

७) मुक्तक

भागिरहेछ समय कुदिरहेछु भेट्न

मुटुभित्र लागेको चोट सकिएन मेट्न

हात दिएजस्तै गरी खुट्टा तानी खसाल्न,

षडयन्त्रको माला बोकी आएछ गला रेट्न।

८) मुक्तक

आँसु बग्दा आँखाबाट भुइँमा झर्न नदिनु है

चोइटिएर आफ्नै मुटु चिरा पर्न नदिनु है

मनै न हो उडिदिन्छ सिमलको भुवासरि,

यो दिलमा चोट पारी अन्त सर्न नदिनु है।

९) मुक्तक

कहिले गला परानी कहिले सेरनी हुँदो रहेछ

कहिले कसम खाने कहिले फेरनी हुँदो रहेछ

सम्बन्ध त घाटैसम्मको हुनुपर्छ भन्नेहरूले,

कहिले मक्खै पार्ने कहिले केरनी हुँदोरहेछ।

१०) मुक्तक

ढुङ्गा उस्तै गरी जमिरहोस्

खोला निरन्तर बगिरहोस्

सुखदुख सम्हालेर जीवनमा,

माया साँचेर मुटु चलिरहोस्।

प्रकाशित: २७ कार्तिक २०८२ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App