५ आश्विन २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

जसले देश लुटेर खोक्रो बनाए

मुक्तक

१) मुक्तक

बेलाबेला रूप फेरिरहन्छन् उनी छेपाराको भेषमा

लुटेराहरू लुट्न नपाएर छटपटाउँदै मेरो देशमा

आज त झन् एक निर्दयी खुब डगमगाइरहेको छ

कतै खोरमा जाकिने त हाेइन सत्र हजारको केशमा।

२) मुक्तक

जसले देश लुटेर खोक्रो बनाए अझै पनि उनैलाई ताली गर्छौं

ग्यासको अभाव छ भोलि ठिक हुन्छ विरोध मात्रै खाली गर्छौ

सबैको घरहरूमा ग्यास बलोस् एउटैले धेरै लग्न नपाओस् भनी  

नागरिकता, परिचयपत्र मागेकोमा किन सरकारलाई गाली गर्छौं।

३) मुक्तक

डिप्रेसनमा जालान् या मर्लान् सोध्न मन छ।

जिउँदो रहलान् या मर्लान् सोध्न मन छ

दिनको डेढ सय कमाएको देख्दा डाह गर्नेहरू

मैले दिनकै लाखौं कमाए के गर्लान् सोध्ने मन छ!

४) मुक्तक

बाटो बाटोमा ढल्डै उठ्दै आए रक्सी पिएर

बदनाम भयो थप्पड पनि खाए रक्सी पिएर

नसेडी भए गजेडी भए एक नम्बर जँड्याहा बने

भए जतिको धनसम्पति उडाए रक्सी पिएर।

५) मुक्तक

तिमीलाई मैले समय दिएको थिएन कि प्यार दिएको थिएन कि

लाली दिएको थिएन कि हरियो चुरा, श्रृंगार दिएको थिएन कि

जेजे माग्यौ पुगाइदिन्थे, खुसी दिन्थे तर पनि छोड्यौ है तिमीले

प्रिया सुनको सिक्री दिएको  थिएन कि हार दिएको थिएन कि। 

प्रकाशित: ७ भाद्र २०८३ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App