महिला कलाकार फिल्मी उद्योगमा प्रवेश गरेपछि उनीहरूको व्यक्तिगत जीवन रहँदैन । त्यसैले पनि करिअरको विकासलाई लिएर चिन्तित हुनेले पारीवारिक जीवनलाई आत्मसाथ गर्न सक्दैनन् ।
विवाह गर्नेको जीवन पनि केही समयपछि सम्बन्ध विच्छेद भएका घटना पनि उत्तिकै आउने गर्छन् । बलिउड उद्योगका धेरै अभिनेत्रीको जीवन र उनीहरूको दैनिक दर्शक र दर्थकका लागि चासोको विषय बन्छ ।
विवाह गरेपछि फिल्मी जीवनबाट टाढिने चिन्ताले धेरैलाई वैवाहिक जीवनसँग टाढा राखेको हुन्छ । अर्थात भविष्यको चिन्ताले धेरै अभिनेत्रीले वैवाहिक गतिविधि नै बिर्सिएका हुन्छन् ।
यसरी विवाह नगरेका कलाकार पनि अभिभाक बन्न लालायित भएका घटना पनि उत्तिकै छन् । उनीहरूले धर्मपुत्र/पुत्रीका रुपमा बच्चा ग्रहण गर्ने गरेका छन् ।
सुष्मिता सेन

फेमिना मिस इंडिया १९९४ र मिस यूनिवर्सको ताज जितेकी अभिनेत्री ५० वर्षकी उमेरसम्म विवाह गरेकी छैनन्। बलिउडकी सफल अभिनेत्री मध्ये सुष्मिता एक हुन्। सुष्मिताले दुई छोरीहरूलाई ग्रहण गरेकी छन् ।
अमिषा पटेल

९० को दशकै सफल अभिनेत्री अमिषा पटेल ५० वर्षकि भएपनि अहिलेसम्म एकल महिलाकै रुपमा छन् । अभिनेत्रीको अफेरको चर्चा भए पनि अहिलेसम्म विवाह भने गरेकी छैनन्। २०२३ मा सार्वजनिक भएको ‘गदर २’ ले बक्स अफिसमा गजबको कमाइ गरेको थियो। अभिनेत्रीको बोल्ड अवतारको तस्बिर भने सामाजिक सञ्जालमा चर्चाको विषय बन्ने गर्दछ।
तब्बू

तबासुम फातिमा हासमी(तब्बू) बलिउडकि चलेकी अभिनेत्री हुन् । तब्बूले समयको साथ आफूलाई परिवर्तन गरिन् । ९० को दशक देखि २०२५ सम्म अभिनेत्रीको चलचित्र करियरमा काम भने कम भएको छैन। आफूले ९० शताब्दीदेखि २०२५ सम्मको हरेक पुस्तालाई मन जित्न सफल भएकी छिन्। ५४ वर्ष उमेर पुगे पनि अभिनेत्रीले भने अहिलेसम्म विवाह गरेकी छैनन् । २०२२ मा ‘भूल भुलैया २’ आएको थियो। अभिनेत्रीको अगामी चलचित्र ‘भूत बंगला’ छ।
गीता कपुर

कोरियोग्राफीमा करियर स्थापित गरेकी कोरियोग्राफर ५२ वर्षकी गीता कपुर अविवाहित नै छन्। उनी टेलीभिजनको ‘डान्स इंडिया डान्स’ र ‘इंडिया बेस्ट डान्सर’ जस्ता शोको जजको भूमिकामा देखिन्छिन्। गीताले बलिउडमा बैक ग्राउन्ड डान्सरको पनि काम गरेकी छिन्। गीताको डान्सको चर्चा चौतर्फी छ। उजले पनि अहिलेसम्म विवाह गरेकी छैनन्।
प्रकाशित: १६ मंसिर २०८२ १५:१० मंगलबार





