२७ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

फेरियो ‘बाः एक योद्धा’ को प्रदर्शन मिति

काठमाडौं। हरि लम्सालको निर्देशनमा रहेको चलचित्र ‘बाः एक योद्धा’ को प्रदर्शन मिति फेरि फेरिएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण १९ भदौ देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको प्रदर्शन स्थगित गरि मंसिर २४ गतेदेखि प्रदर्शनमा ल्याउने निर्माण टिमले जनाएका थिए।

अब शुक्रबार निर्माण टिमले चलचित्रको नयाँ मिति घोषणा गरेका छन्। निर्माण टिमले  मंसिर २४ गते प्रदर्शन गरिने जनाएका चलचित्र हाल वितरणसँग सल्लाह गरेर असोज ९ देखि प्रदर्शन मिति फाइनल गरिएको छ। ‘वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर ‘बाः एक योद्धा’लाई असोज ९ गते प्रदर्शनमा आउने निष्कर्षमा पुगेका छौँ’, निर्माता वसन्त लम्सालले भने।

सामाजिक कथावस्तुलाई केन्द्रमा राखेर चलचित्र निर्माण भएको हो। हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा झरना थापा, दिव्यदेव , झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।

असोज ९ मा अब तीन चलचित्र प्रदर्शनमा आउने छ, 'बाः एक योद्धा’, 'आचार्य' र 'जदौ’।

प्रकाशित: २६ भाद्र २०८३ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App