बाहुबली र कल्कि जस्ता सुपरहिट चलचित्रबाट परिचय बनाएका दक्षिण भारतीय अभिनेता प्रभासको हाल ‘द राजा साब’ जनवरी ९ देखि प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन नै चलचित्रले सय करोड भारु व्यापार गरेको छ।
मारुति के निर्देशित हरर कमेडि चलचित्र द राजा साबले भारतमा मात्र अनुमानित ४५ देखि ७० करोडको व्यापार गरेको छ। यो संख्या अफलाइन शोको मात्र हो। भारतीय मिडियाका अनुसार विदेश तथा अनलाइन व्यापारलाई जोड्दा ९० करोड पार गरेको हुनुपर्छ।
मिश्रित प्रतिक्रिया पाएको द राजा साब नेपालमा समेत प्रदर्शनमा छ।
प्रकाशित: २६ पुस २०८२ १६:५२ शनिबार





