१ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘गौंथली’ लाई दर्शकको माया : एक महिनामा कमायो २३ करोड ५५ लाख

चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

कपिल रिजालको निर्देशनमा निर्माण भएको चलचित्र ‘गौंथली’ बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ।

विवरणअनुसार चलचित्रले २३ करोड ५५ लाख १२ हजारको व्यापार गरेको छ। साउन एक देखि प्रदर्शनमा आएको चलचित्रले एक महिनामा आठ लाख ५५ हजार ७ सय ५२  वटा टिकेट बिक्री गरेको छ।

यसैगरी यसले नेपालको सर्वाधिक कमाउने चलचित्रको दोस्रो स्थानमा आफ्नो स्थान बनाएको छ।

साउन २२ देखि प्रदर्शनमा आएको नीर शाहद्वारा निर्देशित  चलचित्र ‘कमला मिस’को कमाइ निकै कमजोर देखिएको छ। यसले आइतबारसम्म २ लाख ६१ हजार रुपैयाँ ग्रस कमाएको छ। यसलाई ७१८ जना दर्शकले मात्र हेरेका छन्।

यस्तै, साउन २२ देखि प्रदर्शनमा आएको ओम प्रतीकद्वारा निर्देशित नेपाली चलचित्र ‘हली’ ले २१ लाख ७७ हजार रुपैयाँ कमाएको छ। यसलाई ७ हजार ७१० जना दर्शकले हेरेका छन्।

प्रकाशित: १ भाद्र २०८३ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App