२१ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

गायिका नीशा सुनारले हरितालिका तीज पर्वको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ बोलको गीत सार्वजनिक गरेकी छन्। उसो त यो गीत भदौ १० गते नै रिलिज हुनुपर्ने हो तर नेपालमा आएको विनाशकारी बाढीका कारण गीत रिलिज पोष्टपोन्ड भएको थियो।

नीशा सुनार र प्रकाश सपुतको स्वरमा तयार भएको यो गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ।

भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य हेर्न सकिन्छ। विशेष भूमिकामा गायिका सुनार पनि देखिएकी छन्।

सुनिल वीकको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी छ। गीतको भिडियोमा हरि हुमागाइको डीओपी, प्रविण भट्टको सम्पादन छ।

गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन्। दर्शकका लागि उनीहरूको जोडीको केमेष्ट्री विशेष हुन सक्छ।

यस्तै नायिका निरुता सिंहले निकै कम भिडियोमा मात्र अभिनय गरेकी छन्। यो गीत निकै नै कर्णप्रिय लागेपछि काम गरेको उनको भनाइ छ।  

प्रकाशित: २१ भाद्र २०८३ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App