२७ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘गुराँस फुल्दा’ गीतको रि–मेकबारे सुस्मिता : कलाकार फेरिन सक्छ तर मौलिक छाप कहिल्यै फेरिँदैन

अभिनेत्री सुस्मिता केसीले आफ्नो २५ वर्ष अगाडि सार्वजनिक भएको गीत ‘गुराँस फुल्दा’ को रि–क्रियसन बारे कटाक्ष कसेकी छन्। 

सुस्मिता बुधबार सामाजिक सञ्जालमा ‘गुराँस फुल्दा’ गीतको पुरानो तथा नयाँलाई एकसाथ जोडेर दर्शकको मनमा वर्षौँदेखि बसेको मौलिक छाप कहिल्यै फेरिँदैन भन्दै प्रियांकालाई कटाक्ष कसेकी हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘ कलाकार फेरिन सक्छ, प्रस्तुति फेरिन सक्छ, दृश्य फेरिन सक्छ, तर दर्शकको मनमा वर्षौँदेखि बसेको मौलिक छाप कहिल्यै फेरिँदैन।’

प्रयास धेरैले गर्न सक्छन् तर त्यसको जादु छोड्ने सौभाग्य सबैलाई नहुने बताउँदै उनले भनिन्, ‘फूल फुलाउने प्रयास धेरैले गर्न सक्छन्, तर वर्षौँ बितिसक्दा पनि दर्शकको मनमा उही सुगन्ध, उही भावना र उही जादु छोड्ने सौभाग्य सबै गुराँसलाई कहाँ मिल्छ र?’

गीत केवल गीत नभएर पुस्ताको सम्झनाको रूपमा रहेको उनले बताइन्। उनले भनिन्,‘नयाँ आवरण दिन सकिन्छ, नयाँ प्रस्तुति दिन सकिन्छ,तर मौलिक जादुलाई फेरि उही रूपमा जन्माउन सकिँदैन।’

मौलिक गुराँसको सुगन्ध अझै दर्शकको मनमा उत्तिकै रहने दाबी गर्दे उनले लेखिन्,‘आज पनि त्यो मौलिक गुराँसको सुगन्ध दर्शकको मनमा उस्तै रहेछ—सायद यही नै साँचो सिर्जनाको सबैभन्दा ठुलो जित हो।’

प्रियांकाले आफ्नो अगामी चलचित्र ‘मास्टर्नी’ को नयाँ गीत ‘गुराँस फुल्दा’ सोमबार सार्वजनिक गरेपछि नयाँ र मौलिक गीतको बहस सुरु भएको छ।

उक्त गीत २५ वर्ष अगाडिको रिक्रियसन भर्जन हो। जसलाई पुनः सिर्जना गरिएको हो। यसअघि ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘म्याथ सिक्ने भए’ चर्को विवादमा परेको थियो।

प्रकाशित: २७ श्रावण २०८३ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App