३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

सन्नी लियोनीले भाइलाई राखी बाँध्दै सेयर गरिन् तस्बिर

फिल्म स्टारहरूको राखी उत्सवको तस्बिरले सामाजिक सञ्जाल भरिएको एक दिनपछि भारतीय अभिनेत्री सन्नी लियोनीले पनि आफ्नो राखी उत्सवको तस्बिर सेयर गरेकी छिन्।

तस्बिरमा सन्नी आफ्नो कान्छो भाइलाई राखी बाँध्दै धेरै खुसी देखिएकी छिन्। सन्नीले पाँच तस्बिर सेयर गर्दै खुसी साटेकी छिन्।

यो तस्बिरसँगै सन्नी लियोनले लेखेकी छिन्, 'मेरो कान्छो भाइलाई रक्षाबंधनको शुभकामना'। सन्नी लियोनको वास्तविक नाम करनजीत कौर हो भने उनको भाइको नाम सनी वोहरा हो। फिल्म उद्योगमा प्रवेश गर्नु अघि करणजीतले आफ्नो नाम आफ्नो भाइको नामबाट राखेकी थिइन्।

प्रकाशित: २५ श्रावण २०८२ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App