२८ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ मसिंर ४ देखि

 आगामी मसिंर ४ गतेदेखि प्रदर्शनको तयारी रहेको चलचित्र ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्रको टिमले शुक्रबार करिब दुई मिनेटको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरले हिमाली भेगमा यार्सागुम्बा संकलनका क्रममा हुने संघर्ष, लुटपाट, विश्वासघात र बदलाको कथा प्रस्तुत गरेको छ। सार्वजनिक ट्रेलरमा हिमाली क्षेत्रको सुन्दरता र त्यहाँको कठिन जीवनशैलीसँगै यार्सागुम्बा संकलनका लागि पुग्ने सर्वसाधारणले भोग्नुपर्ने जोखिमलाई देखाइएको छ।  

रिलिजमा एक हप्ता मात्र बाँकी हुँदा दोस्रो ट्रेलर ल्याएर टोलीले दर्शकको उत्सुकता बढाउन खोजेको छ। जसमा लुटेराको समूहसँग भेट भएपछि उनले आफूलाई कसरी जोगाउलिन् भन्ने कथा ट्रेलरले देखाएको छ । नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको यस चलचित्रले सर्भाइभल कथामार्फत दर्शकलाई फरक स्वाद दिने अपेक्षा निर्माण टिमले गरेको छ।

यो वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो। ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ। त्यस्तै, चलचित्रमा कर्मा शाक्यलगायतका कलाकार पनि फरक चरित्रमा प्रस्तुत भएका छन्। मेनुका प्रधान, राहुल एन। मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको पनि अभिनय रहेको छ।

निर्देशक राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकसम्म पुर्‍याउनु उनको योगदानप्रति उचित श्रद्धाञ्जली हुनेछ।

चलचित्रमा सुनिल, कर्मा र परीक्षाका साथै राहुल एन. मुखिया, सजन थापा र मेनुका प्रधानको मुख्य  अभिनय रहेको छ। अंकित खड्का, सुनिल तामाङ, सेवित्ता अधिकारी, ऋषिकेश बस्याल, तेन्जिङ ठकुरी र छेरिङ गोन्पोको पनि अभिनय छ।

प्रकाशित: २८ कार्तिक २०८३ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App