फिल्म निर्देशक सन्तोष सेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई अप्रत्यक्ष रूपमा आफ्नो सहमति जनाएका छन्।
सामाजिक सञ्जालमा आइतबार राति महाधिवेशनलाई लिएर गरेको प्रधानमन्त्री बालेन्द्र शाहको एक स्टाटसमाथि धेरैको आलोचना आउन थालेपछि सेनले सहमतिपूर्ण प्रतिक्रिया जनाएका हुन्।
सरकारका हरेक कुरामा अंकुश लगाउने प्रयास भएको भन्दै टिप्पणी गरेका छन्। उनी लेख्छन्, 'रामा राम रास्वपाले बहुमत ल्याउन नसकेको भए त दुई महिना पनि टिक्न नदिने रहेछन्। जे कुरामा पनि अंकुश लगाउने प्रयास।'
उनले थपे, 'थ्यांक गड पाँच वर्ष सरकार चलाउने जनादेश छ। काग कराउँदै गर्छ, पानी सुक्दै गर्छ। आलोचना र विरोध आफ्नो ठाउँमा छ। तर सरकारको काम भनेको काम गर्नु हो, काम गरौँ सरकार काम, जनताले परिणाम चाहान्छन् भाषण हैन।'
प्रकाशित: १९ आश्विन २०८३ १२:१६ सोमबार





