प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाः एक योद्धा’ को मंगलबार प्रिमियर शो आयोजना गरियो । प्रिमियरमा सहभागी अभिनेत्री रिचा शर्माले चलचित्रमा बुवाको भूमिका निर्वाह गरेका अभिनेता दिव्यदेव पन्तको खुलेर प्रशंसा गरिन्।
चलचित्रमा बुवाले आफ्ना सन्तानका लागि गर्ने त्याग, संघर्ष र समर्पणलाई प्रस्तुत गरिएको छ। चलचित्र हेरेपछि रिचा भावुक देखिइन्। आफ्ना पुराना दिन सम्झिँदै उनले चलचित्रले आफ्नै बुवाको याद दिलाएको बताइन्।
‘मलाई पनि मेरो बुवाले ऋण लिएर पढ्न पठाउनुभएको थियो। यो चलचित्र हेरेपछि मलाई आफ्नै बुवाको याद आयो,’ उनले भनिन्।
चलचित्र ‘बाः एक योद्धा’ आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: ७ आश्विन २०८३ १३:०५ बुधबार




