२९ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

राप्ती साहित्य परिषदकाे ‘छन्दसङ्गम’ ७९ औँ श्रृङ्खला सम्पन्न

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा नियमित कार्यक्रमअन्तर्गत ‘छन्द सङ्गम’ को ७९ औँ शृङ्खला सम्पन्न भएकाे छ। घोराहीस्थित राप्ती साहित्य परिषद्को सभाहलमा भएको उक्त कार्यक्रममा स्रष्टाहरूले आआफ्ना छन्द कविता वाचेका थिए।

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता र वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद्, केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हाे।

कार्यक्रमका प्रमुख अतिथि उत्तमकृष्ण मजगैयाले नेपाली साहित्यमा छन्द कविताको ऐतिहासिक योगदान र वर्तमान समयमा यसको महत्त्वबारे प्रष्ट पार्दै छन्द साहित्यको संरक्षण र प्रवर्द्धनमा यस्ता नियमित श्रृङ्खलाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा परिषदका उपाध्यक्ष सुरेशकुमार पाण्डेले उपस्थितजनलाई शब्दमार्फत स्वागत गरेका थिए। संस्थाकाे सचिव घनश्याम केसीले चलाएकाे उक्त कार्यक्रममा राप्ती साहित्य परिषद्, केन्द्रीय अध्यक्ष कमलमणि देपकोटा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक संघ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, सञ्चारकर्मी गोविन्द खड्का, साहित्यकारहरू रामप्रसाद जैसी, एकराज शर्मा अधिकारी, मधुसुदन गौतम, नरेशजङ्ग राणा, मधुसूदन गौतम, दामोदर पौडेल, माधवप्रसाद न्यौपाने, शरद गौतम, सुवास न्यौपाने, महेशकुमार न्यौपाने, रिमा गौतम, नारद प्रसाद भण्डारी, दीपकबहादुर क्षेत्री, वसन्त पोखरेल, सुशीला आचार्य लगायतको उपस्थिति थियो।

प्रकाशित: २८ भाद्र २०८३ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App