२९ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘ओह माई गड ३’ मा रानी मुखर्जीको 'इन्ट्री'

बलिउड अभिनेत्री रानी मुखर्जी अक्षय कुमारको चलचित्र ‘ओ माई गड ३’ का लागि अनुबन्धित भएकी छन्।

निर्माण पक्षले चलचित्रको छायांकन गर्ने तयारी गरेको छ। चलचित्रमा रानी र अक्षय पहिलो पटकसंगै अभिनय गरेको दर्शकले हेर्न पाउने छन्।

उक्त चलचित्र अक्षयको सबैभन्दा लोकप्रिय चलचित्र मध्ये एक हो। रानीको एन्ट्रीले चलचित्र झनै बलियो र कहानीमा नयाँपन आउने अपेक्षा गरिएको छ।

उक्त चलचित्र सामाजिक मुद्दाहरूलाई मनोरञ्जनात्मक तरिकाले पस्किनका लागि लोकप्रिय मानिएको छ। उमेश शुक्ला निर्देशित चलचित्रको पहिलो श्रृखंला सन् २०१२ मा सार्वजनिक भएको थियो। भने दोस्रो श्रृखंला २०२३ मा सार्वजनिक भयो। जसलाई अमित रायले निर्देशन गरेका थिए।

प्रकाशित: १९ पुस २०८२ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App