२८ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

'रामायण' नवौँ दिनमा एक हजार करोड भारु पार

फिल्म ‘रामायण’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हप्तामा शानदार प्रवेश गरेको छ। रिलिज भएको १० दिन बितिसक्दा पनि फिल्मको कमाइको गति रोकिएको छैन। रणबीर कपूर अभिनीत यस फिल्मले अहिलेसम्म विश्वभर एक हजार करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ।

फिल्मको कमाइको गति हेर्दा भारतीय बक्स अफिसमा दोस्रो हप्ता पूरा हुनुअघि नै १,००० करोड भारुको आँकडा पार गर्ने अनुमान गरिएको छ। त्यस्तै, विश्वव्यापी बक्स अफिसमा फिल्मले पहिलो हप्तामै १,००० करोड भारुको आँकडा पार गरिसकेको छ।

फिल्म ‘रामायण’ ले रिलिजको नवौँ दिन अर्थात् दोस्रो शुक्रबार बक्स अफिसमा ४७.८५ करोड भारु कमाइ गरेको छ। यसअघि आठौँ दिन फिल्मले ५३.५० करोड भारुको कारोबार गरेको थियो।

यसरी हेर्दा दोस्रो शुक्रबार फिल्मको कमाइमा अघिल्लो दिनको तुलनामा १०.६ प्रतिशत गिरावट आएको देखिन्छ।

फिल्मले पहिलो आठ दिनमा कुल ५६४.६० करोड भारुको कारोबार गरेको थियो। फिल्मले अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ पाँचौँ दिन अर्थात् सोमबार गरेको थियो। उक्त दिन फिल्मले बक्स अफिसमा १०७.५० करोड भारु कमाएको थियो।

फिल्मको हालसम्मको कुल भारतीय बक्स अफिस कलेक्सन ६१४.५१ करोड भारु पुगेको छ।

भारतीय बक्स अफिसमा गरेको कमाइका आधारमा फिल्म ‘रामायण’ले सन् २०२५ को चर्चित ब्लकबस्टर फिल्म ‘छावा’को रेकर्डलाई पछाडि पारेको छ।

फिल्म ‘छावा’ले भारतमा आफ्नो प्रदर्शन अवधिभर कुल ६०१.५७ करोड भारुको नेट कलेक्सन गरेको थियो। तर ‘रामायण’ले यो आँकडा पार गरिसकेको छ।

भारतीय दर्शकसँगै विश्वभरका दर्शकले पनि फिल्म ‘रामायण’लाई निकै रुचाएका छन्।

फिल्मले रिलिजको नौ दिनमै विश्वव्यापी बक्स अफिसमा १,११०.७० करोड भारुको कमाइ गरेको छ।

‘रामायण’ ले नेपाली बक्स अफिसमा पनि राम्रो कलेक्सन तथा शो संख्या राम्रो पाएको छ।

प्रकाशित: २८ कार्तिक २०८३ १४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App