राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन्। यो चलचित्र प्रविन आचार्यको प्रस्तुतिमा बन्न लागेको हो।
चलचित्रका लागि यसअघि मुकुन भुसाल, सलिना तामाङ, रेयर राई भित्रिएका थिए। चलचित्र ‘कोसेढुङ्गा’बाट नेपाली चलचित्रमा रक्षाले डेक्यु गरेकी थिइन्। चलचित्रको कथा तथा पटकथा सुमन गजमेरले लेखेका छन्। निर्माण पक्षका अनुसार कलाकार छनोटको प्रक्रिया अघि बढाउँदै छायांकनको तयारीसमेत भइरहेको छ।
‘कंगाल करोडपति’का प्रस्तुतकर्ता प्रवीण आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्। सहनिर्मातामा छिरिङ तामाङ, प्रवीण राई र प्रवेश सापकोटा छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।
‘कंगाल करोडपति’ले फरक कथावस्तु र सशक्त कलाकारको संयोजनमार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वाद दिने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।
प्रकाशित: २ भाद्र २०८३ १३:५४ मंगलबार





