३१ भाद्र २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘बेहुली’को दोस्रो शृङ्खला ल्याउने निर्माताको घोषणा

हरितालिका तीजको अवसरमा प्रदर्शनमा रहेको चलचित्र ‘बेहुली’ले देशभर डेढ सय शो पाएको छ। यसले तीजको दिन मात्रै ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाइ गर्ने अनुमान वितरक गोविन्द शाहीले जनाएका छन्।  

चर्चित तथा लोकप्रिय सङ्गीतकारबाट यसै चलचित्रमार्फत पहिलो पटक निर्माता बनेका अर्जुन पोखरेलले स्वतन्त्र रूपमा सङ्गीत सिर्जना गर्नुभन्दा चलचित्र निर्माणमा आउँदा आर्थिक लगानीको ठूलो दबाब महसुस भएको बताएका छन्। यद्यपि, दर्शकबाट पाएको अपार माया र ९० प्रतिशत सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उनले सुनाए।

दर्शकको यही साथलाई आत्मसात् गर्दै उनले अब हरेक वर्ष एउटा फिल्म बनाउने घोषणा गरेका छन्। आगामी मङ्सिरमा नयाँ फिल्मको घोषणा गर्ने तयारीमा रहेका अर्जुनले २०८४ सालमा ‘बेहुली’को दोस्रो शृङ्खला ल्याउने उनले घोषणा गरेका छन्।

चलचित्र प्रदर्शनमा रहिरहदा यसका मुख्य कलाकारहरू पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, निर्देशक सशान कँडेल लगायतको टोली दर्शकसँग साक्षात्कार गर्न चितवन पुगेको छन्।  

यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा, युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ। यस चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गरेका हुन्। चलचित्रका प्रस्तुत कर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्।

कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह(निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।

प्रकाशित: ३० भाद्र २०८३ ११:२१ मंगलबार