२२ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘तितिक्षा’ महाकाव्य लोकार्पण

कवि प्रतिभा पौडेलको सातौं कृति ‘तितिक्षा’ महाकाव्य लाेकार्पण भएकाे छ।

इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा एक कार्यक्रमबीच महाकाव्य लोकार्पण गरिएको हाे।

इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा महाकाव्य ‘तितिक्षा’ सार्वजनिक गरिएको हो। कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता थियो।

लोकार्पण कार्यक्रममा साहित्यकार इन्द्रनारायण सुवेदी, सोम निरौला, टीका घिमिरे तथा युवा साहित्यकार एवं कवि अन्वेष थुलुङले ‘तितिक्षा’ महाकाव्यमाथि टिप्पणी तथा समीक्षात्मक धारणा राखेका थिए। उनीहरूले कृतिले समेटेका विषयवस्तु, सामाजिक सरोकार र साहित्यिक पक्षबारे चर्चा गरेका थिए।

प्रकाशित: २२ भाद्र २०८३ ०७:४५ सोमबार