१६ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

आजदेखि अनलाइन वक्तृत्वकला प्रतियोगिता

निरामयम् योग प्रतिष्ठान नेपालले आजदेखि राष्ट्रियव्यापी अनलाइन वक्तृत्वकलाको आयोजना गर्ने भएको छ।

शनिबारदेखि सञ्चालन यो प्रतियोगिताको फाइनल भने भदौ १३ गते हुने प्रतिष्ठानका अध्यक्ष देवेन्द्र काश्यपले जानकारी दिए। प्रतियोगिता दुई चरणमा आयोजना हुनेछ। पहिलो चरण छनोटको काम हुने छ। नेपालैभरिबाट प्रतियोगीहरूले आफ्नो प्रस्तुति दिने छन्। 

उत्कृष्ट १५ अन्तिम चरणका लागि छानिने छन्। प्रतियोगिताको विजेताले नगद २५ हजार, दोस्रोले नगद २० हजार, तेस्रोले १५ हजार र चौथोले सान्त्वना स्वरुप नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् र उत्कृष्टमा छनोट हुने सम्पूर्णले ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिष्ठानले योगको प्रशिक्षणको साथमा गीता ज्ञान र संस्कार शिक्षा आजको आवश्यकता भन्ने मूल नाराको साथमा विभिन्न कार्यक्रमहरू निरन्तर गर्दे आइरहेको छ ।

प्रकाशित: १६ श्रावण २०८३ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App