१७ वैशाख २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

साताको एक दिन

कविता

बुधबार बिहान

म देख्छु; धमिला मान्छे

सेत्तिँदै गएको गुलाफ

सुन्छु; अस्पष्ट गुञ्जन,  

घट्दो मुटुको धड्कन।

सुँघ्छु; जल्दो धुपबत्ती,

आश्वासनको बस्ना।

चाख्छु; नुनिलो जाउलो,

फिक्का हाँसो।

बुधबार राति,  

म पर्खिरहेछु...!

प्रकाशित: १६ वैशाख २०८३ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App