अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरकाे 'सुप्रमा - ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार - २०२५' का लागि उपन्यासकार डा. श्रीधर खनालकाे उपन्यास 'सावर्णि' छनाेटमा परेकाे छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले 'सुप्रमा - ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार - २०२५' का लागि उत्कृष्ट १० कृति छनाेट गरेकाे थियाे। छनाेटमा परेका १० कृति डा. श्रीधर खनाल उपन्यास सावर्णि, ठाकुर बेलवासेकाे कवितासंग्रह चोटहरूको उत्सव, जीत बुढाथोकी छन्त्यालकाे मुक्तकसंग्रह यानीमाया, लालगोपाल सुवेदीकाे कवितासंग्रह अनि प्रतीत्य समुत्पाद-शून्यशून्य महाशून्य, सूर्य खड्का विखर्चीकाे खण्डकाव्य अर्जुन-उलूपी, डा. राजकुमार छेत्रीकाे भूमिकासंग्रह अक्षरका आय, सुमन थापा ‘संगम’ काे कवितासंग्रह अभ्युदय, सबी श्रेष्ठकाे मुक्तकसंग्रह अपरिभाषित आभा, खगेन्द्र गिरि 'कोपिला' काे नियात्रासंग्रह पर्जन्य मास र विजय हितानकाे कवितासंग्रह मलाई आर्यघाट लगेर नजलाउनू रहेका छन्।
पुरस्कार समितिका संयोजक डा. रुपक श्रेष्ठकाे अनुसार छनाेटमा परेका १० पुस्तकमध्ये 'सुप्रमा - ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार - २०२५' का लागि डा. श्रीधर खनालकाे उपन्यास सावर्णि छानिएकाे हाे।
पुरस्कार समितिका संयोजक डा. रुपक श्रेष्ठले जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार सर्वोत्कृष्ट कृति स्रष्टालाई भानु तथा ईश्वर जयन्तीमा पुरस्कृत गरिने भएकाे छ।
प्रकाशित: २३ श्रावण २०८२ १३:३५ शुक्रबार


-600x400.jpg)


