झिलिमिलीमा रमाउँदा, पल–पलमै हराउँदा
छैन टेक्ने हाँगा मलाई, छैन डाली समाउँदा
ताउलीमा जाउली भए, मात्र खान पाइन्छ
ताल, सुर र लय मिले, मात्र गीत गाइन्छ
मन कतै बरालिँदा, बिरानोलाई सजाउँदा
छैन टेक्ने हाँगा मलाई, छैन डाली समाउँदा
माया छैन धार्नीमा, न त छ बिसौलीमा
पाक्दैन नि कुनै खाना, तातो नलागे कसौडीमा
मन कतै डराउँदा, आफैँभित्र हराउँदा
छैन टेक्ने हाँगा मलाई, छैन डाली समाउँदा
एकदिन हाँगा भेटिएला, अनि डाली पनि समाइएला।
प्रकाशित: २८ चैत्र २०८२ १२:५७ शनिबार





