२० वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

चामलिङ भाषाको नयाँ पुस्तक लोकार्पण

चामलिङ राई समुदायको भाषा, संस्कृति र शब्दावली समेटिएको नयाँ पुस्तक सार्वजनिक गरिएको छ। अध्येता राजकुमार राईद्वारा लिखित ‘चामलिङ राईः संस्कार संस्कृति, चामलिङ भाषाः शब्द शब्दावली’ शनिबार चौदण्डीगढी नगरपालिका–७ बेलटारस्थित भूपू सैनिक भवनमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो।

भाषाशास्त्री डा. कैलाशकुमार राईले पुस्तक विमोचन गर्दै चामलिङ भाषाको अध्ययन–अनुसन्धानको इतिहास स्मरण गराउँदै यस कृतिले भाषा संरक्षण अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। चार खण्डमा विभाजित पुस्तकले चामलिङ भाषा, संस्कार र सांस्कृतिक पक्षलाई समेटेको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूले पुस्तकलाई चामलिङ भाषी समुदायका लागि उपयोगी र महत्वपूर्ण कृति भएको बताएका थिए।

प्रकाशित: १९ वैशाख २०८३ १९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App