वरिष्ठ अभिनेता सुनिल थापाको शनिबार बिहान अप्रत्याशित निधनको खबरले नेपाल लगायत भारतका दर्शकलाईसमेत स्तब्ध बनाएको छ। थापालाई ‘कार्डियाक अरेस्ट’ भएको अनुमान छ। उनको निधनले बलिउडलाई समेत दुखी बनाएको छ।
सन् १९ मे १९५७ मा जन्मिएका थापालाई खलनायक भूमिकामा दर्शकले निकै मन पराउँथे। उनी नेपाली सिनेमामा खलनायकको भूमिकामा प्रख्यात थिए। १५ जनवरी १९८९ मा सिनेमा घरमा आएको चलचित्र ‘चिनो’ बाट उनी ‘राते काइँला’ को नामले पनि नेपाली दर्शकमाझ परिचित थिए। उक्त चलचित्र निकै चलेको थियो। बलशाली आवाज र दृढ व्यक्तित्वले गर्दा उनले निर्वाह गरेका पात्रलाई वास्तविक र प्रभावशाली बनाउन मद्दत गर्थ्यो।
चलचित्रमा जति नै खलनायकको भूमिकामा सुहाए पनि उनी वास्तविक जीवनमा त्यसको एकदम विपरीत थिए। उनी पर्दामा बलियो हिरो र पर्दा पछाडि शक्तिशाली हिरो थिए।
‘मसाल’ बाट नेपाली सिनेमामा ‘डेब्यू’ गरेका थापाले अहिलेसम्म छायाङ्कन भइरहेका समेत १ सय ३८ नेपाली चलचित्रमा अभिनय गरेका छन्। शुक्रबारसम्म उनी ‘राम नाम सत्य’ फिल्मको छायाङ्कनमा व्यस्त थिए । तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शन तयारीमा छ । उनी पछिल्लो पटक चलचित्र ‘एक्लो’ मा देखिएका थिए।
उनको निधनपछि नेपाल तथा भारतको कलाकार देखी नेपालको वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले समेत शोक व्यतm गरे। प्रधानमन्त्री कार्कीले उनको निधनमा शोक व्यतm गर्दै लेखेकी छिन’, ‘चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ,’।
साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ कलाकार सुनिल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।६८ वर्षका थापा अझ पनि चलचित्रको छायाङ्कन मै व्यस्त थिए।
उनको निधनमा शोक व्यतm भारतीय कलाकार अमिताभ बच्चन देखी प्रियङ्का चोपडाले शोक व्यतm गरेका छन्। थापाले अभिनेत्री प्रियङ्का चोपडासँग २०१४ मा प्रदर्शनमा आएको चलचित्र ‘मेरी कम’ मा अभिनय गरेका थिए।
त्यसै गरी महानायक राजेश हमालले भावुक हुँदै ‘नेपाली सिनेमाको इतिहासमा तपाईँ एउटा महत्त्वपूर्ण मोड हुनुहुन्छ। मेरो सिनेमा यात्रा म तपाईँप्रति समर्पित गर्दछु,’ लेखेका छन्। अभिनेता नाजिर हुसेन, प्रदीप खड्का, अभिनेत्री प्रियङ्का कार्की, गायिका एलिना चौहान लगायतका कलाकारले भावपूर्ण श्रधानजलि दिएका छन्। उनको अभिनय नेपाली चलचित्र इतिहासमा स्मरणीय हुनेछ। उनको समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणा बनेको छ।
प्रकाशित: २५ माघ २०८२ १४:४८ आइतबार



-600x400.jpg)

