२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘मीम’ का राजा थिए नाना पाटेकर

बलिउड अभिनेता नाना पाटेकर ७५ वर्षको उमेरमा बिहीबार निधन भयो। 

दशकौं लामो करियरमा, उनले भारतीय सिनेमालाई क्रान्तिवीर (१९९४) मा ‘प्रताप नारायण तिलक’को ज्वलन्त अभिनयदेखि लिएर वेलकम (२००७) मा ‘उदय शेट्टी’को हास्य प्रतिभासम्मका केही शक्तिशाली प्रदर्शनहरू दिए।

पाटेकर चलचित्रको जस्तोपनि भूमिकामा पनि फिट हुन्थे। उनी कमेडी गुण्डा देखि रिसाएको प्रहरी वा गहिरो गम्भीर राजनीतिज्ञको भूमिकामा सजिलै फिट भए। चलचित्रमा उनका फेसियल एक्सप्रेसन र डाइलग डेलिभरी युवा पुस्ताले पनि मन पराए।

उनका अद्भुत नाटकीय संवाद डेलिभरीले अनलाइनमा दोस्रो जीवन पाए। उनका दृश्यहरू मीम टेम्प्लेट बने। मिलेनियल्स उनलाई हेर्दै हुर्किए भने जेनजीले उनलाई मीमस् मार्फत रमाइलो गरे।

यी हुन् पाटेकारका ७ चर्चीत मीमहरु :

‘सेह लेंगे थोडा’ (वेलकम)

नाना पाटेकरका धेरै मीमहरु चलचित्र वेलकम (२००७) बाट आएका छन्। जसमा उनले उदय शेट्टीको भूमिका निर्वाह गरे। त्यसको ‘सेह लेंगे थोडा’ लाइन निकै मीम बन्यो।

'कन्ट्रोल उदय कन्ट्रोल' (वेलकम)

नाना पाटेकरको अर्को फेमस मीम हो ‘कन्ट्रोल उदय’। धैर्यताको परीक्षासँग जोडेर यो मीम खुब चल्यो। आकोशित भएको बेला आफूलाई नियन्त्रणमा राख्नुपर्ने अवस्थामा यो प्रयोग गरेर सबैको मनपर्ने मीम बन्यो।

‘आलु ले–लो, कांडा ले–लो’ (वेलकम)

वेलकममा उदय शेट्टी सुट लगाएर तरकारी बेच्छन्। उनले ‘आलु ले–लो, कांडा ले–लो’ भन्दै ठेलामा आलु बेचेको जस्तो सुट गर्छन्। यो पनि निकै भाइरल भयो। भविष्यमा यही काम उत्तम हुने भन्दै यूवाहरुले यसलाई मीम बनाए।

‘अरे हा हा मिराकल!’ (वेलकम)

उदय शेट्टीको अर्को फेमस डाइलग हो ‘अरे हा हा मिराकल!’। अक्षय कुमारको उन्मादपूर्ण उत्साहसँग मेल खाँदै पाटेकरले यो लाइनलाई यति उत्तम समयका साथ प्रस्तुत गरे कि यो फेमस भयो। चमत्कारिक वा साथीको भयानक विचारबाट प्रभावित भएको नाटक गर्दा यो मीम बढि प्रयोग हुनेगर्छ।

‘ये राज भी उस के साथ चला गया’  (वेलकम)

‘ये राज भी उस के साथ चला गया’ वाला मीम बिर्सिएको पासवर्ड, अधूरा गफ र रहस्यको लागि उत्तम साउन्डट्र्याक बन्यो जुन कसैले पनि कहिल्यै समाधान नहुने कुरामा प्रयोग भयो। पाटेकरले केवल एक लाइन मात्र दिएनन् उनले इन्टरनेटलाई कहिल्यै फर्केर नआउने रहस्यहरूको लागि तयार प्रतिक्रिया पनि दिए।

यस्तै, उदय शेट्टीको अर्को संवाद ‘भगवान का दिया हुआ सब कुछ है’ पनि निकै फेमस रह्यो।

'आ गए मेरी मौत का तमाशा देख्ने ?'  (क्रान्तिवीर)

नाना पाटेकर मीम विरासत कमेडीबाट सुरु भयो। उनले क्रान्तिवीर (१९९४) मा बोलेको डाइलग युवा पुस्ताले खुब मन पराए।

जेलको पोशाकमा र ठूलो भीडको सामना गर्दै, नानाको ज्वलन्त ‘आ गए मेरी मौत का तमाशा देख्ने ?’ डाइलग व्यक्तिगत संकटमा लागू गर्न सकिने मीम बन्यो।

आफन्तीले बिहे कहिले गर्ने वा शिक्षकले होमवर्क नगरेको बेला पक्रेको वा अफिस लेट भएको बेला म्यानेजरलाई भेट्नु जस्तो कुरामा युवाले यस डाइलगलाई मीमको रुपमा मन पराए।

‘तुम मिलो तो साही’को नाँच

नाना पाटेकरलाई मीम सामग्री बन्नको लागि शब्दको मात्र आवश्यकता पर्दैनथ्यो। कहिलेकाहीँ केवल एक पोकर अनुहार र केही साँच्चै प्रतिबद्ध शारीरिक हास्य मात्र चाहिन्थ्यो। तुम मिलो तो सही (२०१०) मा एक ट्रान्सजेन्डर पात्रले उनीसँग पैसा माग्दै गरेको उनको शोडाउन नृत्य सबले मन पराए। उनको बेतुकापनको नृत्य अविस्मरणीय बन्यो।

उनको अभिव्यक्ति, चालहरू, सोझो देखिने अनुहारको प्रस्तुति सधैं सम्झनामा रहिरहनेछन्। उनी भौतिक रुपमा नरहे पनि उनको विरासत सधैं रहिरहनेछ।

प्रकाशित: २२ आश्विन २०८३ १९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App