२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

सन्तानलाई दूधघ्यू खुवाएर मोही खाने मेरा बा हुन्!

मुक्तक

१) मुक्तक

ढाकर बोकी सामान खेप्न शहर जाने मेरा बा हुन्

सन्तानलाई दूधघ्यू ख्वाएर मोही खाने मेरा बा हुन्

छोराछोरी पढाईबढाई शहर बस्ने बनाएर

गाउँमै बसी घिउ मह सहर लाने मेरा बा हुन्।

२) मुक्तक

बाआमाले खेती गर्दा झ्यालबाट च्याउने मै हुँ

खान खेल्न कहिलेकाहीँ स्कुल जान भ्याउने मै हुँ

क्यै गरेन क्यै ल्याएन भन्छौ किन बाआमाले

घ्यू अचारका रित्ता भाँडा शहरबाट ल्याउने मै हुँ।

३) मुक्तक

गाईवस्तु पाल्दिनँ म घाँसपात गोबर छुँदै छुन्न

पैतालाले माटै छुन्न रोपाइँतिर सरिक हुन्न

उत्पादन क्यै नगरी नै खान खोज्ने म जस्तोलाई

असार पन्ध्र दहीच्युरा खाने हक क्यै हुन्छ हुन्न?

४) मुक्तक

पराई भूमि स्वर्ग ठान्छौ मातृभूमि नरक देख्छौ

श्रम गर्नु त परै भयो स्वार्थ खातिर पाइला टेक्छौ

बुद्धि रगतपसिना सब विदेशीको बनाएर

विदेशबाटै देशभक्त हुँ भन्दै के साहित्य लेख्छौ।

५) मुक्तक

दक्षिणालाई न्यानो पार्ने खाम पट्टु हो कि

मान्छेलाई झुक्याउने खाम छट्टु हो कि

लुकाउने ढाकछोप गर्ने रक्षा पनि गर्ने  

लज्जा पनि लुकाउने खाम कट्टु हो कि?

प्रकाशित: १५ असार २०८३ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App