२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘जूबा’ को घोषणा, सौगातसँगै भित्रिदै दुई नयाँ कलाकार

चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् ।

प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन् ।

चलचित्रमा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् । उनको यो तेस्रो चलचित्र हो । यसअघि दुईवटा सिनेमामा काम गरिसकेका छन् । तर, रिलिज हुन भने बाँकी छ। मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो ।

रक क्यास्टर स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ ।

एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन् । उनी क्यामेरा अगाडि रहेर क्यामेरालाई नमस्ते गरिरहेका छन् । उनको लुक्स, गेटअप र ढोगाइले उनी अभिनेता रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा उनी पि।सि।ओ।मा उभिएर फोनमा कुरा गरिरहेका छन् । ल्यान्डलाइन फोन र उनको र सोफीको गेटअपले यो चलचित्रले दुई दशक अगाडिको कथा भन्न लागेको संकेत गरेको छ । यसमा सोफी केही रिसाइरहेकी छिन् भने गम्भीर मुद्रामा सौगात फोनमा कुरा गरिरहेका छन् ।

अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन् । चुरोट तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको छ ।

चलचिको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही पनि खुलाएको छैन ।

प्रकाशित: १८ भाद्र २०८२ १५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App