११ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

लामखुट्टे

कविता

१) लामखुट्टे

उ आउँछ

मेरो वरिपरि घुमिरहन्छ

समयसमयमा गीत सुनाउँछ

बिस्तारै चुम्न खोज्छ मेरा अँगअँग

 

म परपर भाग्न  खोज्छु उबाट

उ झन् झन् पछ्याइरहन्छ मलाई

 

उसको यस्तो चाला मन पर्दैन मेरो मान्छेलाई

उ मलाई पटकपटक झम्टिन खोज्छ

 

मेरो मान्छे पटकपटक झम्टिन खोज्छ उसलाई

दुबैको घम्साघम्सीमा म पो विचलित बन्छु

 

आख़िर उ मारिन्छ मेरो मान्छेबाट

म हेरिरहन्छु उसका रगतका छापहरुलाई।

२) सपना

मिरमिरे उज्यालोमा उड्ने चरीझै

केही सपना बोकेर

उडेको छ भोको पेट

खै उस्को सपना पुरा हुन्छ वा हुदैन

 

बिरानो ठाउँ नयाँ परिवेशमा

उ भिज्न सक्छ वा सक्दैन

तर पनि

लागिरहन्छ निरन्तर अघि बढ्न

बाटाका काडाहरु पन्छाएर

 

प्रचन्ड गर्मी ,हिउँ, वतास र

टोरनाडोसंगै जुधेर

कैयौ सपनाहरु पुरा गर्न

पसिना बगाइरहेछ हर्दम

 

उसको मनभरि छन्

बुढा बाआमा प्रियसी  र लालावालाका

उत्सुक अनुहारहरु।

प्रकाशित: ११ श्रावण २०८३ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App